धार्मिक अनुष्ठानमा घण्टी किन बजाइन्छ ? | Khabarhub Khabarhub

धार्मिक अनुष्ठानमा घण्टी किन बजाइन्छ ?


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

मन्दिर होस् या घरमा पूजा गर्दा घण्टी बजाउने निकै पुरानो चलन हो । हिन्दु धर्मअनुसार पूजा गर्दा घण्टी बजाउँदा देवताहरू आफ्नो ध्यानबाट ब्युँझिन्छन् र भक्तको प्रार्थना स्वीकार छन् भन्ने मान्यता रहेको छ ।

धार्मिक मान्यता अनुसार पूजामा बजाइने घण्टीको आवाज देवताहरूलाई धेरै मन पर्ने भएकाले देवीदेवताका मूर्तिहरूमा चेतना जागृत हुन्छ र पूजकको प्रार्थना ध्यानपूर्वक सुन्छन् । जसका कारण पूजाको प्रभाव बढ्छ । मन्दिरमा आरती हुँदा घन्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्ने विश्वास लिइन्छ ।

स्कन्द पुराणका अनुसार घण्टीबाट निस्कने आवाज ‘‘ॐ’’ शब्दसँग मिल्दोजुल्दो हुने भएकाले मन्दिरमा घण्टी बजाउँदा ‘‘ॐ’’ जप गरे जस्तै पुण्य प्राप्त हुने जनविश्वास पनि रहेको छ ।

हिन्दु धर्ममा घण्टीलाई अति नै शुभ मानिन्छ। प्रत्येक दिन बिहान ५-७ बजेको बिचमा घण्टी बजाउनाले घरमा लक्ष्मीको आवागमन हुने मान्यता छ । पूजा गरिसके पछि आरतीको समयमा घण्टी बजाउनाले भाग्य बलियो हुन्छ।

घण्टी बजाउनुको वैज्ञानिक फाइदा पनि छ । जसमा,  घण्टीको आवाजले  वायुमण्डलमा कडा कम्पन पैदा गर्ने भएकाले वातावरणमा रहेका हानिकारक ब्याक्टेरिया, भाइरस र सूक्ष्म जीवहरू नष्ट भई वातावरण शुद्ध हुन्छ भन्ने मान्यता छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ६ : ३५ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका