धार्मिक अनुष्ठानमा घण्टी किन बजाइन्छ ? « Khabarhub

धार्मिक अनुष्ठानमा घण्टी किन बजाइन्छ ?


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

मन्दिर होस् या घरमा पूजा गर्दा घण्टी बजाउने निकै पुरानो चलन हो । हिन्दु धर्मअनुसार पूजा गर्दा घण्टी बजाउँदा देवताहरू आफ्नो ध्यानबाट ब्युँझिन्छन् र भक्तको प्रार्थना स्वीकार छन् भन्ने मान्यता रहेको छ ।

धार्मिक मान्यता अनुसार पूजामा बजाइने घण्टीको आवाज देवताहरूलाई धेरै मन पर्ने भएकाले देवीदेवताका मूर्तिहरूमा चेतना जागृत हुन्छ र पूजकको प्रार्थना ध्यानपूर्वक सुन्छन् । जसका कारण पूजाको प्रभाव बढ्छ । मन्दिरमा आरती हुँदा घन्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्ने विश्वास लिइन्छ ।

स्कन्द पुराणका अनुसार घण्टीबाट निस्कने आवाज ‘‘ॐ’’ शब्दसँग मिल्दोजुल्दो हुने भएकाले मन्दिरमा घण्टी बजाउँदा ‘‘ॐ’’ जप गरे जस्तै पुण्य प्राप्त हुने जनविश्वास पनि रहेको छ ।

हिन्दु धर्ममा घण्टीलाई अति नै शुभ मानिन्छ। प्रत्येक दिन बिहान ५-७ बजेको बिचमा घण्टी बजाउनाले घरमा लक्ष्मीको आवागमन हुने मान्यता छ । पूजा गरिसके पछि आरतीको समयमा घण्टी बजाउनाले भाग्य बलियो हुन्छ।

घण्टी बजाउनुको वैज्ञानिक फाइदा पनि छ । जसमा,  घण्टीको आवाजले  वायुमण्डलमा कडा कम्पन पैदा गर्ने भएकाले वातावरणमा रहेका हानिकारक ब्याक्टेरिया, भाइरस र सूक्ष्म जीवहरू नष्ट भई वातावरण शुद्ध हुन्छ भन्ने मान्यता छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ६ : ३५ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको