नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा « Khabarhub

नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् ।

यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का इन्जिनियर विजय दराईले जानकारी दिए ।

उनका अनुसार यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डका १९ मध्ये पहिलो चरणमा पाँच पुल निर्माण भएका हुन् । सेती दोभानको पुल यसअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको दराईले बताए ।

शुक्रबारसम्म टोपेखोला र चिसेन्जीको पुलसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए । निर्माणाधीन पुलमध्ये आठवटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए ।

‘अधिकांश पुलको निर्माण अन्तिम चरणमा छ’, इन्जिनियर दराईले भने, ‘कालोपत्रे र मर्मतको काम सकिएपछि दुई महिनाभित्र सञ्चालनमा ल्याउँछौँ ।’

दुई महिनाभित्र जुगेडी, सिमलताल, रिद्धी, भोर्ले, नाम्सी, टोपे, कालीखोला र खहरेमा निर्माण भइरहेका पुल सञ्चालनमा आउने छन् । खहरे दुई र तुइन खोलामा भने पुल निर्माण हुन समय लाग्ने भएको छ ।

खहरेको पुल निर्माणको ५० प्रतिशत काम सकिएको छ भने तुइन खोलामा निर्माणको काम अघि बढ्न सकेको छैन । तुइन खोलामा पहाड काट्न समस्या भएपछि काम रोकिएको हो । आयोजनाले अहिले भारतबाट विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी गरेको छ ।

आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले  एक महिनाभित्र विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी भइरहेको बताए । उनले भने, ‘बारुद राख्नका लागि नेपाली सेनाद्वारा बंकरको निर्माण गर्ने काम भइरहेको छ ।’

यस सडकखण्डमा २०७६ चैतदेखि १५ पुल निर्माण थालिएका थिए । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएका हुन् ।

 

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ९ : ०८ बजे

यूएई र साउदी अरबपछि अजरबैजानले भन्यो, ‘इरानविरुद्ध युद्धका लागि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौं’

बाकु- अजरबैजानले छिमेकी देश इरानविरुद्ध कुनै पनि सैन्य कारबाहीका लागि

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

कीर्तिपुर– आईसीसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज त्रिभुवन

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति

बंगलादेशले भारतबाट खोस्यो ‘विशेष आर्थिक क्षेत्र’, ड्रोन कारखाना बनाउन दियो चीनलाई

ढाका- बंगलादेशले चटगाउँस्थित भारतलाई दिएको स्पेशल इकोनोमिक जोन (सेज) का

प्रधानमन्त्री कार्कीद्वारा शहीद स्मारकमा श्रद्धाञ्जली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारक लैनचौरमा पुगेर ज्ञात–अज्ञात सहिदहरूप्रति