भूकम्पपीडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ « Khabarhub

भूकम्पपीडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपीडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर भएर लागेको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले आवास निर्माणका लागि ५० हजार दिने कामलाई प्रभावकारी बनाएको र स्थानीय तहले आवश्यक सहजीकरण गरिरहेको बताएका हुन् । अस्थायी आवासका लागि पहिलो किस्ता लिएर घर बनाउन सुरु गर्नेलाई तत्कालै अर्को किस्ता दिने व्यवस्था गरिएको उनले जानकारी दिए ।

भूकम्पपीडित सबैलाई अस्थायी आवास र पुनःनिर्माणलाई स्थानीय तहको सिफारिसमा काम गर्नेगरी सरकारले योजना बनाएको उनको भनाइ छ ।

एउटै घरभित्र रहेका दुई तीन वटा परिवारलाई अस्थायी आवासको फरक फरक सुविधा दिन नसकिने भन्दै उनले पुनःनिर्माणका समयमा भने आवश्यक छलफल गर्नसकिने जिकिर गरे । त्यस्तै भूकम्पपिडित सुकुम्बासीको हकमा अस्थायी आवासको सुविधा दिइहाल्ने नीति रहेको उनले जानकारी दिए ।

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प कारण जाजरकोटमा १०१ जना र रुकुम पश्चिममा ५३ जना गरी १ सय ५४ जनाको मृत्यु भएको थियो भने ३ सय ६६ जना घाइते भएका थिए । भूकम्पका कारण जाजरकोटमा पूर्ण क्षति भएको घरको संख्या ९ हजार ७ सय ९४ हजार र आशिंक क्षति भएको घरको संख्या २४ हजार रहेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण रुपमा क्षति भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  १ : ५९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले