भूकम्पपीडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ « Khabarhub

भूकम्पपीडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ


१४ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपीडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर भएर लागेको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले आवास निर्माणका लागि ५० हजार दिने कामलाई प्रभावकारी बनाएको र स्थानीय तहले आवश्यक सहजीकरण गरिरहेको बताएका हुन् । अस्थायी आवासका लागि पहिलो किस्ता लिएर घर बनाउन सुरु गर्नेलाई तत्कालै अर्को किस्ता दिने व्यवस्था गरिएको उनले जानकारी दिए ।

भूकम्पपीडित सबैलाई अस्थायी आवास र पुनःनिर्माणलाई स्थानीय तहको सिफारिसमा काम गर्नेगरी सरकारले योजना बनाएको उनको भनाइ छ ।

एउटै घरभित्र रहेका दुई तीन वटा परिवारलाई अस्थायी आवासको फरक फरक सुविधा दिन नसकिने भन्दै उनले पुनःनिर्माणका समयमा भने आवश्यक छलफल गर्नसकिने जिकिर गरे । त्यस्तै भूकम्पपिडित सुकुम्बासीको हकमा अस्थायी आवासको सुविधा दिइहाल्ने नीति रहेको उनले जानकारी दिए ।

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प कारण जाजरकोटमा १०१ जना र रुकुम पश्चिममा ५३ जना गरी १ सय ५४ जनाको मृत्यु भएको थियो भने ३ सय ६६ जना घाइते भएका थिए । भूकम्पका कारण जाजरकोटमा पूर्ण क्षति भएको घरको संख्या ९ हजार ७ सय ९४ हजार र आशिंक क्षति भएको घरको संख्या २४ हजार रहेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण रुपमा क्षति भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  १ : ५९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४