अष्ट्रेलियाको नेपाली दूतावासमा कर्मचारी अभाव, नेतालाई ‘भव्य भोज’ « Khabarhub

अष्ट्रेलियाको नेपाली दूतावासमा कर्मचारी अभाव, नेतालाई ‘भव्य भोज’


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सिड्नी– भिक्टोरियास्थित नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई इमेल पठाएर ‘भव्य रात्रिभोज’ मा सहभागी हुन निम्तो दिएका छन् । बिहीबार साँझ सिड्नी रोडमा रहेको मुस्ताङ प्यालेसमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नेतृत्व गरेको टोलीको सम्मानमा भव्य रात्रिभोज आयोजना गरिएको महावाणिज्यदूत योञ्जनको भनाइ छ ।

देशको आर्थिक अवस्था कमजोर भएकाले अनावश्यक विदेश भ्रमण नगर्ने र खर्च कटौती गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउँदै आएका छन् । तर, नेताहरुको विदेश भ्रमण घटेको छैन । अझ, अष्ट्रेलिया भ्रमणमा जाने नेताहरुको त लर्को नै लाग्ने गरेको छ । नेताहरु भ्रमणमा जाँदा दूतावासका कर्मचारीहरुले सेवाग्राहीको कामै छाडेर नेताको स्वागत सत्कारमा लाग्नुपर्ने बाध्यता छ ।

उता, अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाली राजदूतावासको हालत भने कन्तबिजोग छ । दूतावासका एक कर्मचारीले खबरहबसँग गुनासो गर्दै भने, ‘पाँच हजार नेपालीहरु रहँदा पनि यहाँको दूतावास तीन जना कर्मचारीका भरमा चलेको थियो, अहिले २ लाख नेपालीहरु बसोबास गर्ने अष्ट्रेलियामा तीन जना कर्मचारीकै भरमा राजदूतावास चलिरहेको छ, नेताहरु अष्ट्रेलिया घुमेर फर्कन्छन्, तर यहाँको समस्या सुन्दैनन् ।’

स्रोतले अगाडि भन्यो, ‘दूतावासमा जनशक्ति थप्न महामहिम राजदूतज्यूले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई धेरैपटक भनिसक्नुभयो तर बजेट नभएको बहाना गरिन्छ । नेताहरुलाई घुम्न, उनीहरुको सम्मान गर्न र रात्रिभोज खुवाउन सरकारकै बजेट खर्च भइरहेको छ ।’

पासपोर्ट हराएको वा म्याद सकिएको समस्या लिएर आउने नेपालीको भीडले दूतावास खचाखच हुने गरेको ती कर्मचारीको भनाइ छ । गाडी पार्किङ गर्ने ठाउँ नपुगेर छिमेकीकोमा पार्किङ गर्नुपर्ने अवस्था छ । दूतावास कार्यालयमा मालपोतजस्तै भीड हुन्छ ।

कतिपय शहरमा दूतावासले घुम्ती सेवा सञ्चालन गरे पनि कर्मचारी र बजेट थोरै छ । घुम्ती सेवामा कर्मचारीहरु गएका बेला दूतावासको सेवा अवरुद्ध हुने स्थिति छ । यही कारण अष्ट्रेलियामा रहेका नेपालीले दूतावासको सेवाबारे गुनासो पोख्ने गरेका छन् । तर, सरकारले जनशक्ति थप्नेबारे कुनै चासो नदेखाएको दूतावास स्रोतको गुनासो छ ।

मेलबर्नमा कार्यरत एक नेपालीले गुनासो पोखे, ‘दूतावासको सेवा चुस्त दुरुस्त हुन सकेको छैन । कर्मचारीहरुले फोन नै रिसिभ गर्दैनन् ।’

उता क्यानबेरामा रहेको दूतावासका कर्मचारीको गुनासो छ, ‘फोन उठाउने त समय हुनुपर्यो नि, हामीलाई टाउको उठाउने फुर्सद हुँदैन ।’

एमआरआई पासपोर्ट सिस्टममा गइसकेपछि अष्ट्रेलियाका नेपालीलाई बायोमेट्रिकका लागि क्यानबेरामा रहेको दूतावासमै आउनुपर्ने बाध्यता छ । न्यूजिल्याण्डबाट समेत नेपालीहरु पासपोर्टका लागि क्यानबेरा जानुपर्छ । पर्थबाट आउनुपर्यो भने नेपालबाट अष्ट्रेलिया गएजस्तै खर्च लाग्छ ।

सरकारले जनशक्ति र स्रोत साधन नदिए पनि दूतावासले सकेसम्म सेवाग्राहीलाई मर्का नपर्ने गरी काम गरिरहेको कर्मचारीको दाबी छ ।

यो पनि…

नेपालमा नयाँ दलको सम्भावनाबारे अष्ट्रेलियामा छलफल

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  २ : ३५ बजे

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण