चितवनमा दुई वटा गैँडाको खागसहित ८ जना पक्राउ « Khabarhub

चितवनमा दुई वटा गैँडाको खागसहित ८ जना पक्राउ


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुई वटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् ।

बिहीबार राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत् पक्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक गरिएको हो । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए ।

अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो तस्कर पक्राउ गर्न खटिएको थियो । गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ जना र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ परेका जनाइएको छ । पक्राउ परेकाहरुमा मकवानपुरका रमेश खाती, चितवनका पासाङ भनिने आइते सिंह मोक्तान, मकवानपुरका समसेर थिङ, मकवानपुरकै सीताराम थिङ, रोल्पाका अर्जुन रोका, गोरखाका धनबहादुर गुरुङ, चितवनका उनबहादुर स्याङ्तान र मकवानपुरका ईन्द्रबहादुर तामाङ रहेको निकुञ्जका वार्डेन दिल बहादुर पुर्जा पुनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानाले चाडपर्वमा बेला मौका छोपेर गैडालाई मारेको देखिएको जानकारी दिए । उनले उक्त घटनापछि पाठ सिकेको र आगामी दिनमा यस्ता घटना हुन नदिन थप गम्भीरता अपनाउने बताए ।

त्यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता नवराज अधिकारीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको बताए । उनले गैँडा मारेपछि खाग किन्नेहरुको खोजीमा रहेका बेलमा पक्राउ गर्न सफल भएको जानकारी दिए । सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा रहेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ४ : १८ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन