सैन्य सामग्री प्रदर्शनीमा विद्यार्थीको चाख | Khabarhub Khabarhub

सैन्य सामग्री प्रदर्शनीमा विद्यार्थीको चाख


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपाली सेनाको आयोजनामा दोस्रो रनिङ शिल्ड तथा सैनिक प्रदर्शन, २०८० सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि १२ गतेसम्म सेनाको बज्रदल गणले बाँके र बर्दियाका १७ विद्यालयका विद्यार्थीका लागि लक्षित गरी प्रदर्शनी आयोजना गरेको थियो ।

प्रदर्शनीमा विभिन्न सैन्य सामग्री राखिएको थियो । विद्यालयको शैक्षिक अवस्था, खेलमा उत्कृष्ट नतिजा, एसइइको नतिजा, भौतिक संरचनालगायत विद्यालयको समग्र गुणस्तरका आधारमा विद्यालय छनोट गरी प्रदर्शनीमा सहभागी गराइएको बज्रदल गणका गणपति एवं प्रमुख सेनानी रबिन श्रेष्ठले बताए । प्रदर्शनी करिब नौ सय विद्यार्थीले अवलोकन गरेका थिए ।

प्रमुख सेनानी श्रेष्ठले विद्यार्थीलाई सेनाका क्रियाकलापबारे अवगत गराउने उद्देश्यले सेनासम्बन्धी सामग्रीको प्रदर्शन गरिएको बताए ।

“यस्ता कार्यक्रम हामीले विगतका वर्षदेखि गर्दै आइरहेका छौँ”, उनले भने, “विद्यार्थीमा भएको सेनाप्रतिको उत्सुकता, दृष्टिकोण र सेनाको अनुशासनबारे बुझाउन प्रदर्शनी आयोजना गरिएको हो ।”

प्रदर्शनीमा सेनाका ऐतिहासिक पोशाक, एनसिसिको महत्व, विपद्सम्बन्धी सामग्री, उद्धारमा प्रयोग गरिने सामग्रीलगायत राखिएको थियो । यी विषयमा विद्यार्थीले अभिरुचिपूर्वक अवलोकन गर्दै सेनासम्बन्धी थप जानकारी लिन उत्सुक देखिएका पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ४ : ३२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित