आमसञ्चारसम्बन्धी विधेयकलाई तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने सरकारको निर्णय « Khabarhub

आमसञ्चारसम्बन्धी विधेयकलाई तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने सरकारको निर्णय


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आमसञ्चारसम्बन्धी विभिन्न विधेयकलाई तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सञ्चार मन्त्रालयको प्रस्तावमा राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिइन् ।

त्यस्तै, नेपाल मिडिया काउन्सिल विधेयक तर्जुमा गर्न समेत मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्रदान गरिएको उनले बताइन् ।बैठकले सामाजिक सञ्जालको प्रयोग, नियमन, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अर्को विधेयक तर्जुमाका लागि समेत सैद्धान्तिक सहमति प्रदान गरेको छ । त्यस्तै, मल्दिभ्सको मालेमा मङ्सिर २७ र २८ गते हुने एक बैठकमा महान्यायाधीवक्ता डा. दिनमणि पोखरेल सहभागी हुने कार्यतालिका स्वीकृत गरेको उनले बताइन् ।

बैठकले सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको पनि जानकारी दिइन् । बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय भएको उनले बताइन् ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले रुसी सेनामा रहेका नेपालीको मृत्यु घटनाबारे सरकार गम्भीर रहेको भन्दै रुसी सेना भर्ती हुन नहुने सरकारको स्पष्ट धारणा रहेको बताइन् ।

उनले मर्ज र खारेज गर्ने भनिएको सार्वजनिक संस्थाका बारेमा थप गृहकार्य भइरहेको समेत बताइन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ५ : ०० बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको