साल्पापोखरी चिनाउन महोत्सव | Khabarhub Khabarhub

साल्पापोखरी चिनाउन महोत्सव


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभाको सङ्गमस्थल साल्पापोखरी र सिलिचुङ डाँडाको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको छ । साल्पासिलिछो गाउँपालिका–५ दोभानेमा रहेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र साल्पापोखरी र सिलिचुङ डाँडाको प्रचारप्रसार तथा उक्त क्षेत्रमा आन्तरीक एंव बाह्य पर्यटक प्रवर्द्धनका लागि मेला, महोत्सव गरिएको हो ।

समुद्री सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा रहेको साल्पापोखरी र ४ हजार १ सय ५३ मिटरको उचाइमा रहेको सिलिचुङ डाँडा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा चर्चित भएपनि उक्त क्षेत्रमा पर्यटक आगमन थेरै भएकाले पर्यटक प्रर्वद्धनका लागि महोत्सव गरिएको हो ।

त्यस क्षेत्रको विकासका लागि साल्पासिलिचुङ संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्रले वर्षेनी वैशाख, भदौ, कात्तिक र फागुन महिना पूर्णिमाको तिथि पारेर विशेष मेला आयोजना गर्दै आएको केन्द्रका सदस्य वीरकुमार राईले जानकारी दिए । मंसीर १० गते लागेको मेलामा भलिबल प्रतियोगितालगायत विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

पहिलोपटक सगरमाथा चढ्न जाँदा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले प्रयोग गरेको हिलारी मार्ग र मुन्धुम पदमार्ग हुदै यात्रा गर्ने उक्त क्षेत्रबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन सहित धार्मिक आस्था बोकेर मानिस उक्त क्षेत्रमा आउने गर्दछन् ।

साल्पा पोखरीमा आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वासले पूजाआजा गर्न धार्मिक पर्यटक त्यहाँ पुग्ने गरेका छन । साथै, यस क्षेत्रमा बोली नफुट्ने बालबालिकालाई बोली दिने, निःसन्तानलाई सन्तान दिने, आफ्नो भाकल पूरा गर्न परेवा उडाउने गरिन्छ ।

सिलिचुङ डाँडाबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरा पिकलगायत हिमश्रृङ्खला र १४ प्रकारका गुराँसको जंगल, मुन्धुम पदमार्ग, धार्मिक मठमन्दिर, ऐतिहासिक गुम्बा, चौरीखर्क, मनोरम डाँडा, नदीनाला, वनजङ्गल, रेडपाण्डा लगायतका जीवजन्तु पाइन्छ ।

यसबाहेक विभिन्न बहुमूल्य जडीबुटीलगायत विशेषताले भरिपूर्ण उक्त क्षेत्रमा आन्तरि तथा बाह्य पर्यटकहरु भित्र्याउन स्थानीयहरुले वर्षेनी धार्मिक तथा सांस्कृतिक मेला लगाउँदै आएका छन् ।

यस क्षेत्रमा किरातीको सृष्टिदेखि, सभ्यता, बसाइसराई गर्दाका समस्या र जन्मदेखि मृत्युसम्मका संस्कार र परम्पराको वर्णन गरेको ङोपा मचिन्द्र बहादुर राई र दिल बहादुर राईले बताए । साल्पापोखरीलाई किरात, हिन्दू, बौद्धमार्गीहरुले साझा तीर्थस्थलका रूपमा समेत मान्दै आइएको छ ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल साल्पा पोखरी र सिलिचोङ डाँडामा पर्यटकको विकास अहिलेको आवश्यकता रहेको संघीय सांसद माया राईले बताइन् ।

भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले साल्पापोखरी र साल्पा सिलिचुङको पर्यटन प्रवर्द्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

साल्पा पोखरी तथा सिलिचुङ डाँडालाई नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र राखेर पर्यटन प्रर्वद्धन गर्न पहल गरेपनि अपेक्षित परिवर्तन भने भएको छैन ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ५ : १० बजे

तत्कालीन नेकपा विभाजनको घाउमा मलम लागे जस्तो भयो : भीम रावल

काठमाडौं– मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा. भीम रावलले नेपाली

एमालेको ‘घर फर्क अभियान’लाई नेकपाले दियो नौटंकीको संज्ञा

काठमाडौं- नवगठित नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमालेले थालेको ‘घर फर्क

२० अंकले घट्यो नेप्से, १९८ कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.५६ अंकले घटेको छ

भीम रावलसँगै एमाले केन्द्रीय सदस्य प्रकाश शाह पनि नेकपामा प्रवेश गरे

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह पनि नेपाली कम्युनिस्ट

बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज 

काठमाडौं– बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र हाल मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट