बाँकेमा एचआइभी पोजेटिभ घट्दै « Khabarhub

बाँकेमा एचआइभी पोजेटिभ घट्दै


१४ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेमा थप एक सय नौ जनालाई एचआइभी पोजिटिभ देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा १७ हजार तीन सय २८ जनामा एचआइभी परीक्षण गर्दा एक सय नौ पोजिटिभ भेटिएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज यहाँ आयोजना गरिएको पत्रकारसँंगको अन्तरक्रियामा स्वास्थ्य कार्यालय बाँकेका एचआइभी सम्पर्क व्यक्ति रविन्द्र साहले बाँकेमा अहिले पाँच सय ५६ एचआइभी सङ्क्रमितले एआरटी सेवा लिइरहेको जानकारी दिए ।

पाँच सय ५६ मध्ये चार सय १० बाँके जिल्लाका भएको बताइएको छ । भेरी अस्पतालमा सन् २००४ देखि एआरटी सेवा सुरु भएको हो । सरकारले एआरटी सेवा निःशुल्क रुपमा प्रदान गरिरहेको छ । बाँकेमा एचआइभी एड्सबाट अहिलेसम्म एक सय ७२ जनाको मृत्यु भएको तथ्याङ्क छ । भेरी अस्पताल नेपालगञ्जका एचआइभी सम्पर्क व्यक्ति डा सङ्केत रिसालले भेरी अस्पतालको २० नम्बर कोठाबाट रोग पहिचान, परामर्श र निःशुल्क औषधी वितरण गरिरहेको बताए ।

उनले परामर्शकर्ताद्वारा नियमितरूपमा गोप्य परामर्श दिइरहेको जानकारी दिए । ‘गुम्सिएर नबसौँ, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेर नियमित औषधी सेवन गरे रोग नियन्त्रण हुन्छ’, उनले भने। स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बाँकेमा एड्स सङ्क्रमण दर घट्दो क्रममा रहेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले समाजमा एड्सप्रतिको नकारात्मक धारणा परिवर्तन हुँदै गएको बताउँदै समुदायस्तरमा परीक्षण र परामर्शलाई व्यापक बनाइएको जानकारी दिए। चन्दले नेपालगञ्ज उपमहानगरपालिकाले एचआइभी सङ्क्रमितलाई प्रोत्साहन भत्ता दिँदै आएको बताए ।

एएचएफका कार्यक्रम संयोजक सञ्जय पौडेलले बाँकेमा एचआइभी सङ्क्रमणदरमा उल्लेख्य सुधार भएको जानकारी दिए । समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ भन्ने नाराका साथ डिसेम्बर १ तारिख अर्थात भोलि ३६औँ विश्व एड्स दिवस मनाइँदैछ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ८ : ३६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का