नेपाल सुपर लिग : लुम्बिनी एफसीविरुद्ध धनगढीको जित | Khabarhub Khabarhub

नेपाल सुपर लिग : लुम्बिनी एफसीविरुद्ध धनगढीको जित


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै विजयी भएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले बुटवललाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । विदेशी खेलाडी ओलावाले अफिजको गोलले धनगढी विजयी भएको हो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेका हुन् ।

आजको खेलमा विजयी भएसँगै धनगढीले २ खेलबाट ६ अङ्क जोडेको छ । समान खेल खेलेको बुटवलको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा धनगढीले वीरगञ्ज युनाइटेडलाई २–१ ले हराएको थियो । त्यस्तै पहिलो खेलमा बुटवल ललितपुरसँग २–० ले पराजित भएको थियो ।

लिगअन्तर्गत भोलि शुक्रबार वीरगञ्ज युनाइटेड फुटबल क्लब र चितवन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  १० : ४२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’