नेत्र ज्योति सङ्घलाई दुई करोडको जग्गा निःशुल्क « Khabarhub

नेत्र ज्योति सङ्घलाई दुई करोडको जग्गा निःशुल्क


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

म्याग्दी-  म्याग्दीका एक दम्पतीले नेपाल नेत्र ज्योति संघ, बेनीलाई दुई करोड ५० लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् ।

पूर्वाधारको अभावमा भाडा तिरेर सेवा दिइरहेको संघलाई मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति रोका र याममाया रोकाले जग्गादान गरेका हुन् ।

रोका दम्पतीले संघलाई बेनीबजारस्थित कालिपुलको सात आना एक पैसा तीन दाम क्षेत्रफलको जग्गा दान गरेका हुन् । शुक्रबार बेनीमा आयोजित कार्यक्रममा रोका दम्पतीले संघका सभापति अमर बानियाँलाई सो जग्गाको लालपुर्जा हस्तान्तरण गरे ।

हाल क्याम्पसचोकमा भाडाको कार्यालयबाट सेवा प्रदान गरिरहेको संघलाई आफ्नै भवन निर्माणका लागि सहज भएको छ । संघको भवन निर्माणका लागि पनि सक्दो आर्थिक सहयोग गर्ने रोका दम्पतीले वाचा गरेका छन् ।

यसअघि जग्गादाता रोकाले २०६६ सालमा आफैँले नेतृत्व गरेर हिमालयन आँखा अस्पतालसँग समन्वय गरी बेनीको रेडक्रस भवनमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएका थिए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : ४६ बजे

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति