ईपीएसका हाकिम, प्रहरीका डीएसपी र मन्त्रीका अंगरक्षकलाई निलम्बन गर्न निर्देशन « Khabarhub

ईपीएसका हाकिम, प्रहरीका डीएसपी र मन्त्रीका अंगरक्षकलाई निलम्बन गर्न निर्देशन

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


35.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ललितपुरको बालकुमारीमा शुक्रबार दुई जनाको मृत्यु हुने गरी भएको घटनामा दोषी देखिएको भन्दै सरकारले ईपीएस कोरिया शाखाका हाकिम, फिल्डमा खटिएका प्रहरीका डीएसपी र मन्त्री प्रकाश ज्वालाका अंगरक्षक(प्रहरी) लाई निलम्बन गर्ने भएको छ ।

तीनैजनालाई निलम्बनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले खबरहबलाई बतायो ।

शनिबार दिउँसो मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ । बैठकले दोषीमाथि निलम्बनको कारवाही र मृतकका परिवारलाई  क्षतिपूर्तिसम्बन्धी निर्णय गर्ने छ ।

यसैबीच, शनिबार दिउँसो साढे २ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ । बैठकमा दोषीहरुमाथि निलम्बनको कारवाहीले औपचारिकता पाउने र मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिसम्बन्धी निर्णय गरिने स्रोतले बतायो ।

कोरिया भाषा परीक्षामा रोक लगाएर युवाहरुलाई उत्तेजित र आक्रोशित बनाएको, उनीहरुलाई परीक्षा दिनबाट बञ्चित गरेको र त्यसैको आक्रोेशका रुपमा युवाहरुले शुक्रबार प्रदर्शन गरेको भन्दै सरकारले इपीएस शाखाका हाकिमलाई निलम्बन गर्न लागेको हो ।

ईपीएस शाखामा महानिर्देशक डण्डुराज घिमिरे छन् भने निर्देशक गुरुदत्त सुवेदी छन् ।

बालकुमारी घटनामा निर्देशक सुवेदी दोषी देखिएको भन्दै सरकारले उनलाई निलम्बन गर्न लागेको स्रोतले खबरहबलाई बतायो । शुक्रबारको बालकुमारीमा ललितपुरका डीएसपी उमेश लम्सालको नेतृत्वमा १२५ जना प्रहरी खटिएका थिए ।

त्यसैगरी बालकुमारीमा प्रहरीको कमाण्डमा खटिएका डीएसपी पनि दोषी देखिएकाले उनलाई निलम्बन गर्न लागिएको स्रोतको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पीएसओले सडकको अवस्थाबारे रिपोर्टिङ नलिएर लापरबाही गरेको भन्दै उनलाई पनि निलम्बन गर्न लागिएको स्रोतले बतायो । कुन ठाउँको सुरक्षा कस्तो छ भन्ने जिम्मेवारी ननिभाएको हुनाले उनी निलम्बनमा पर्ने भएका हुन् ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १२ : ०३ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते