नारायणीमा नयाँ पुलको काम सुरु « Khabarhub

नारायणीमा नयाँ पुलको काम सुरु


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ । पुलको नक्सांकनको काम भइरहेको छ भने निर्माणस्थलको माटो परीक्षण पनि सम्पन्न भएको छ ।

पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई यो पुलले जोड्छ । पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले पाएको छ । उक्त कम्पनीलाई रु। एक अर्ब ६८ करोड ७६ लाखमा नक्सांकन सहितको निर्माणको ठेक्का दिइएको हो ।

गएको जुन २ तारिखमा ४८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाईएको हो । निर्माण कम्पनीका परियोजना प्रमुख मञ्जिल मिश्रका अनुसार कामलाई तीव्र गतिमा अघि बढाइएकाले चैत मसान्तसम्ममा शिलान्यास गरेर काम अघि बढाईने तयारी छ । उनले भने ‘वर्षात्मा काम गर्न अप्ठ्यारो हुने भएकाले चैतसम्ममा नक्सांकनको काम सकेर निर्माणको काम थाल्ने तयारीमा छौं ।’

पुल निर्माणका लागि भरतपुर महानगरपालिकाले पहल गर्दै आएको थियो । महानगर प्रमुख रेनु दाहालले तोकिएको समयभित्र पुल सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताए । वर्षात्को समयमा भुईँको काम गर्न कठिन हुने भएकाले यही हिउँददेखि काम थाल्न सकिएमा वर्षायाममा काम गर्न सहज हुने उनले बताएका छन् ।
।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १२ : १७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको