ठेकेदारको लापरबाहीले स्वास्थ्यचौकी भवन अलपत्र « Khabarhub

ठेकेदारको लापरबाहीले स्वास्थ्यचौकी भवन अलपत्र


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

खोटाङ– ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो । 

भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन । गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन–२७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मङ्सिर-११ गते स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । 

पटकपटक थप भएको म्याद गुज्रिँदा पनि निर्माण कम्पनीले स्वास्थ्यचौकीको भवनको बाँकी काम गरेको छैन । उक्त कम्पनीले काम पूरा नगरेकामा आक्रोशित शहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका  प्रमुख प्रभाकर कर्णले कम्पनीलाई कारबाही गर्नुको विकल्प नरहेको राससलाई बताए । 

अब पनि काम भएन भने कारबाही गर्छौँ भनेर अन्तिम पटक ताकेतापत्र पठाइएको प्रमुख कर्णले जानकारी दिए । 

गौरी पार्वती न्यू टेक्निकल जेभीले भ्याट बाहेक रु सात करोड ४० लाख ८४ हजार २९६ मा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का पाएको हो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १२ : २१ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।