विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्न निर्देशन « Khabarhub

विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्न निर्देशन


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षका विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्नका लागि सबै तहबाट काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन गरेको छ । 

उपमहानगरपालिकाको शुक्रबार सम्पन्न १४औँ नगरसभा अधिवेशनले अर्धवार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि बुटवलका आवश्यकता र प्राथमिकता निर्धारण गर्दै सोहीअनुसार नीति तथा कार्यक्रम पारित गरेको छ । नगरसभाले उपमहानगरका लागि दुई विधेयक पारित र दुई ऐन संशोधन गर्ने निर्णय गरेको नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिए । 

नगरसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलस्रोत उपयोग विधेयक, २०८० र छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रण ९गौशाला सञ्चालन० विधेयक, २०८० छलफलपछि सर्वसम्मतिले पारित गरेको नगरप्रमुख पाण्डेयले बताएका छन् ।

सभाले नगरशिक्षा ऐन, २०७४ र नगरस्वास्थ्य ऐन, २०७५ संशोधन गरेको छ भने आवश्यकताअनुसार संगठन संरचना र कर्मचारी दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरेको प्रमुख पाण्डेले जानकारी दिए । 

सभाले सहरी पूर्वाधारतर्फ कामको चाप बढ्दै गएकाले सहरी पूर्वाधार विकास महाशाखा र भवन निर्माण तथा डिजाइन महाशाखा बनाइएको छ भने छुट्टै अनुगमन महाशाखा बनाउने प्रस्ताव पारित गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं ११ र १३ मा जनसङ्ख्या र भूगोललाई मध्यनजर गरी जनशक्ति थप गर्नेगरी पेस भएको प्रस्ताव सभाले पास गरेको छ ।

नगरसभाको समापन अवसरमा प्रमुख पाण्डेयले बुटवल र बुटवलवासीको भविष्य उज्ज्वल बनाउन सबै जनप्रतिनिधि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए। 

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुनेका लागि सबै खर्च निःशुल्क गराउन नगरप्रमुख आमासुरक्षा कार्यक्रम सञ्चालनको तयारीमा रहेको बताउँदै प्रमुख पाण्डेयले नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही रु दुई हजारका दरले प्रदान गर्नेगरी स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रम सञ्चालनमा रहेको बताए ।

बैठकमा प्रमुख पाण्डेयले १८ वर्षमुनिका एचआइभी सङ्क्रमित बालबालिकालाई पोषणस्थितिमा सुधार गर्न मासिक रु तीन हजार उपलब्ध गराउने, स्तनपान गराउने आमाका लागि दुग्धवद्र्धक जडीबुटी उपलब्ध गराउने र नगरवासीलाई जटिल रोगको उपचारमा जनही रु १७ हजार राहत अनुदान उपलब्ध गराउने कार्यक्रम निरन्तर रहेको बताए ।

गृहिणीलाई स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी रोजगार कार्यक्रम सञ्चालन भएको, युवा इलम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन भएको बताउँदै नगरप्रमुख पाण्डेयले यसले महिला र युवालाई सीप र रोजगारसँग जोड्ने जानकारी दिएका छन् । 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १ : १४ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल