बाक्लो हुस्सुले तराईका विमानस्थलमा उडान प्रभावित « Khabarhub

बाक्लो हुस्सुले तराईका विमानस्थलमा उडान प्रभावित


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ ।

तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता सुवास झाले बाक्लो हुस्सु÷कुहिरोका कारण तराईका विमानस्थलहरु सिमरा, जनकपुर, भरतपुर र भैरहवाको उडान प्रभावित भएको हो । ती चार विमानस्थलमा आज पनि कुनै उडान भएनन् । भैरहवा विमानस्थलमा हिजो शुक्रबार पनि कुनै आन्तरिक उडान भएन ।

शुक्रबार नै प्रतिकूल मौसमका कारण धेरैजसो विमान कम्पनीले निर्धारित उडान रद्द गरेका थिए । विशेषगरी हिउँदमा तराईका विमानस्थलमा बाक्लो हुस्सु लाग्नाले आन्तरिक उडान प्रभावित हुने गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  २ : ४८ बजे

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका