अत्यधिक चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित | Khabarhub Khabarhub

अत्यधिक चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

खजुरा– दुई दिनदेखि लगातार चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेका हो । बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।

चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगञ्जमा हरेक दिन बिहान दुई घण्टा शीतलहर चल्न थालेको छ । ‘बिहानैदेखिको हुस्सुले अत्यधिक चिसो भएको छ,’ नेपालगञ्जका स्थानीय रामसुहावन यादवले भने, ‘निरन्तरको चिसोले गर्दा घरभन्दा बाहिर निस्किने सकिएको छैन ।’ यहाँका मान्छेहरू अत्यावश्यक काममा बाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन् । 

अत्यधिक चिसोले गर्दा दैनिक ज्यालादारी काम गर्नेहरू बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले गर्दा काममा जान नपाएको बाँके डुडुवा गाउँपलिका–४ का मजदुर रामदिन गोडियाले भने, ‘काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ, केही दिन यस्तै चिसो रह्यो भने समस्या हुने देखिन्छ ।’

चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन । चिसोकै कारण बिरामी बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । 

भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका फिजिसियन डा.संकेत रिसालले बताए। 

चिसोले गर्दा बालबालिका, दीर्घरोगीलाई समस्या भएको छ । केही दिनअघि बिहान बाक्लो हुस्सु लाग्ने गरेको भए पनि दिउँसो मौसम सफा हुँदै गएको थियो, तर दुई दिनदेखि निरन्तर घाम नलागेपछि  चिसो बढेको छ । 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ४ : ०४ बजे

एसईई परीक्षाको तालिका सार्वजनिक

काठमाडौं– २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७

प्रधानमन्त्री ओलीबाट माघी पर्वको शुभकामना 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र माघीको

‘सबै समुदायका परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्छ’

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै जाति

देवघाटमा स्नान गर्नेको घुइँचो (तस्बिरहरू)

नवलपरासी– हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न

यो वर्ष ५० प्रतिशत घट्यो तरुल उत्पादन

सुनसरी – बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, राजाबास र चक्रघट्टीमा यो वर्ष