इलाममा ललितकला उत्सव सुरु | Khabarhub Khabarhub

इलाममा ललितकला उत्सव सुरु


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

मंगलबारे इलाममा आजदेखि ललितकला उत्सव सुरु भएको छ ।  नेपाल र भारतका कलाकारका कलाकृति समेटेर उत्सव सुरु गरिएको हो । इलामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकासहित छ संस्थाको संयुक्त आयोजनामा उत्सव सुरु भएको हो । यो देही आर्टको नौ शृङ्खला हो । 

इलाम निर्वाचन क्षेत्र नं १ का संघीय सांसद महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दाहाल लिम्बुले कार्यक्रमको संयुक्त उद्घाटन गरे। 

आजदेखि सुरु भएको ललितकला उत्सव यही पुस १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । इलामको कला संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनका लागि ललितकला उत्सव सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख दाहाल लिम्बुले बताए । 

नगरपालिकासहित जिल्ला उद्योग वाणिज्य सङ्घ, नगर पर्यटन प्रवर्द्धन समिति, नगर कला साहित्य प्रतिष्ठान, प्याब्सन इलाम, देही आर्ट र होटल एसोसिएसन इलामको संयुक्त आयोजना रहेको छ । 

संस्कृति र कलाको प्रवर्द्धनले मात्रै समाज बलियो हुने सांसद बस्नेतले बताए। उनले पेन्ट्सका माध्यमबाट इलामलाई अगाडि बढाइएको भन्दै आयोजकलाई धन्यवादसमेत दिए । उत्सवमा नगरपालिकाका विभिन्न ठाउँका चित्र पेन्ट्समार्फत उतारिने छ ।

 कतै चित्र हेरेर त कतै पर्यटकीय स्थल नियाल्दै प्रत्यक्ष रुपमा चित्र निर्माण गरिने बताइएको छ । हाल इलाम चोक बजार, माइस्थान मन्दिर, चिया बगान र अरनिको सङ्ग्रहालय गरी चार स्थानमा प्रत्यक्ष रुपमा कलाकारले चित्र बनाउने कार्यक्रम तय भएको नगर पर्यटन प्रवर्द्धन समितिका सचिव अर्जुन पोख्रेलले जानकारी दिए। 

उनका अनुसार उत्सवमा नेपाल र भारतका गरी ३३ जना कलाकारले सहभागिता जनाएका छन् । कलाकारले निर्माण गरेका तस्बिरहरू विभिन्न ठाउँमा प्रदर्शनसमेत गरिने जनाइएको छ । चित्रमार्फत पनि इलामका विभिन्न स्थानको प्रवर्द्धनमा सहयोग हुने उपप्रमुख दाहाल लिम्बुको भनाइ थियो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ४ : १३ बजे

खेल पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता

काठमाडौं– खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु

कोशीमा मध्यावधि चुनाव गर्न कांग्रेस नेताको माग

मुख्यमन्त्री केदार कार्की बिराटनगर- कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने नेपाली

तनहुँमा चलचित्र निर्माण कार्यशाला

डुम्रे– जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक

५१९ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौं– नेपाल प्रहरीका ५१९ प्रहरी निरीक्षक(इन्स्पेक्टर) को सरुवा भएका छन्। 

आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच खेल हुँदै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आज एक खेल