इलाममा ललितकला उत्सव सुरु « Khabarhub

इलाममा ललितकला उत्सव सुरु


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

मंगलबारे इलाममा आजदेखि ललितकला उत्सव सुरु भएको छ ।  नेपाल र भारतका कलाकारका कलाकृति समेटेर उत्सव सुरु गरिएको हो । इलामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकासहित छ संस्थाको संयुक्त आयोजनामा उत्सव सुरु भएको हो । यो देही आर्टको नौ शृङ्खला हो । 

इलाम निर्वाचन क्षेत्र नं १ का संघीय सांसद महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दाहाल लिम्बुले कार्यक्रमको संयुक्त उद्घाटन गरे। 

आजदेखि सुरु भएको ललितकला उत्सव यही पुस १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । इलामको कला संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनका लागि ललितकला उत्सव सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख दाहाल लिम्बुले बताए । 

नगरपालिकासहित जिल्ला उद्योग वाणिज्य सङ्घ, नगर पर्यटन प्रवर्द्धन समिति, नगर कला साहित्य प्रतिष्ठान, प्याब्सन इलाम, देही आर्ट र होटल एसोसिएसन इलामको संयुक्त आयोजना रहेको छ । 

संस्कृति र कलाको प्रवर्द्धनले मात्रै समाज बलियो हुने सांसद बस्नेतले बताए। उनले पेन्ट्सका माध्यमबाट इलामलाई अगाडि बढाइएको भन्दै आयोजकलाई धन्यवादसमेत दिए । उत्सवमा नगरपालिकाका विभिन्न ठाउँका चित्र पेन्ट्समार्फत उतारिने छ ।

 कतै चित्र हेरेर त कतै पर्यटकीय स्थल नियाल्दै प्रत्यक्ष रुपमा चित्र निर्माण गरिने बताइएको छ । हाल इलाम चोक बजार, माइस्थान मन्दिर, चिया बगान र अरनिको सङ्ग्रहालय गरी चार स्थानमा प्रत्यक्ष रुपमा कलाकारले चित्र बनाउने कार्यक्रम तय भएको नगर पर्यटन प्रवर्द्धन समितिका सचिव अर्जुन पोख्रेलले जानकारी दिए। 

उनका अनुसार उत्सवमा नेपाल र भारतका गरी ३३ जना कलाकारले सहभागिता जनाएका छन् । कलाकारले निर्माण गरेका तस्बिरहरू विभिन्न ठाउँमा प्रदर्शनसमेत गरिने जनाइएको छ । चित्रमार्फत पनि इलामका विभिन्न स्थानको प्रवर्द्धनमा सहयोग हुने उपप्रमुख दाहाल लिम्बुको भनाइ थियो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ४ : १३ बजे

लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको