बालकुमारी घटनाको विरोधमा वीरेन्द्रनगरमा प्रदर्शन « Khabarhub

बालकुमारी घटनाको विरोधमा वीरेन्द्रनगरमा प्रदर्शन


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- बालकुमारी घटनाको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरिएको छ ।

ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि शनिबार वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन सुरु भएको हो । दैलेखलगायत कर्णालीका युवाहरुले वीरेन्द्रनगरमा आन्दोलन थालेका हुन् ।

‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै युवाहरुले वीरेन्द्रनगरको एरीचोकबाट आन्दोलन सुरु गरेका हुन् । उनीहरुले टायर बाल्नेदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत गरेका छन् ।

उनीहरुले राज्यकै कारण युवाहरुको ज्यान गएको बताएका छन् । आन्दोलनमा सहभागी युवाहरुले गृहमन्त्री र भौति पूर्वाधारमन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ४ : ३६ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६