रास्वपाले गृहमन्त्रीसँग सोध्यो– देश छोड्न खोज्ने युवालाई संसार छोड्न किन बाध्य पार्नुभयो ? « Khabarhub

रास्वपाले गृहमन्त्रीसँग सोध्यो– देश छोड्न खोज्ने युवालाई संसार छोड्न किन बाध्य पार्नुभयो ?


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले बालकुमारीमा भएको घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ मागेको छ ।

ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गरेको हो ।

रास्वपाले पुत्ला बनाएर प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ मागेको हो । रास्वपाले प्रधानमन्त्रीलाई रोजगारीका लागि विदेश जान पनि विभेद नहोस् भन्नेलाई किन गोली हानेर मार्न लगाउनु भयो ? भनेर प्रश्न गरेको छ ।

यस्तै ‘प्रधानमन्त्रीज्यू, नागरिकको ‘हत्या’ का लागि गोली बर्साउन आदेश दिने गृहमन्त्रीलाई कहिले बर्खास्त गर्नुहुन्छ ?’ रास्वपाले गृहमन्त्रीको राजीनामा समेत मागेको छ ।

उसले ‘हिजोको घटनापछि तपाईँ यो देशको गृहमन्त्री भइरहनु पर्ने एउटा मात्रै कारण देखाइदिनु न गृहमन्त्रीज्यू, जवाफ चाहियो, दुई युवा देश छोड्न खोज्दै थिए, संसार छोड्न बाध्य बनाइदिनुभयो है, किन गृहमन्त्रीज्यू ? जवाफ चाहियो, आन्दोलनलाई नियन्त्रण गर्न सुरुमै गोली चलाउने आदेश किन दिनुभयो गृहमन्त्रीज्यू जवाफ चाहियो ।’ लगायतका प्रश्नहरू गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ५ : ४५ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा