आयुर्वेद भरपर्दो उपचार पद्धति हो : मन्त्री बस्नेत « Khabarhub

आयुर्वेद भरपर्दो उपचार पद्धति हो : मन्त्री बस्नेत


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद भरपर्दो उपचार पद्धति भएको बताएका छन्।

राष्ट्रिय  आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार आयोजना गरिएको निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेद पद्धतिबाट उपचार गर्दा साइड इफेक्ट नहुने र यो उपचार भरपर्दो पनि भएको बताएका हुन्।

आयुर्वेद उपचार पद्धति हाम्रो मौलिक उपचार पद्धति भएको बताउँदै मन्त्री बस्नेतले यसको विकासका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना अनुसार काम गरिरहेको दाबी गरे। मन्त्री बस्नेतले भने, ‘आयुर्वेदको विकास र बिस्तार गर्न सके धेरै रोगबाट मुक्त हुन सकिन्छ।’ 

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले मेलम्चीमा आयोजना गरेको स्वास्थ्य शिविरबाट सयौँ स्थानीयवासीले स्वास्थ्यलाभ लिन सक्ने बताउँदै मन्त्री बस्नेतले शिविरमा उपचार हुन नसक्ने बिरामीका लागि तालिम केन्द्रले किर्तिपुरमा निःशुल्क उपचारको व्यवस्था गर्ने जानकारी दिए।

 आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्रमा थुप्रै सुधारका काम सुरु गरेको दावी गर्दै मन्त्री बस्नेतले विभिन्न रोगको उपचार स्थानीय स्वास्थ्य संस्थामै हुन सके जनताले उपचारकै लागि काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त हुने कुरामा जोड दिए।

पैसा नभएका कारण कुनै पनि नेपालीले उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्घोषका साथ आफूले काम गरिरहेको बताउँदै मन्त्री बस्नेतले निकट भविष्यमै चिकित्सा शिक्षा ऐन संसोधन गरेर चिकित्सा शिक्षामा कोटा बढाएर स्वदेशमै पढ्न पाउने वातावरण बनाउन लागेको जानकारी दिए। 

कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा। रामआधार यादवले धेरैजसो रोगको उपचार आयुर्वेद पद्धतिको माध्यमबाट गर्न सकिने भए पनि त्यसको महत्व बुझ्न र बुझाउन नसक्दा समस्या देखिएको बताए। पेट सम्बन्धी समस्याका कारण धेरैजसो रोग लाग्ने गरेको बताउँदै डा.यादवले आयुर्वेद पद्धतिबाट हुने उपचारले पेट सम्बन्धी रोग निको हुने दावी गरे। 

स्वास्थ्य सिविरमा पेट सम्बन्धी रोग, पिनास, मधुमेह, पंचकर्म, भिडियो एक्सरे, छाला सम्बन्धी रोग, फिजियो थेरापी सहितका सेवा र निशुल्क औषधि समेत बितरण गरिएको थियो। स्वास्थ्य सिविरमा एक हजार ३ सय भन्दा बढी स्थानीय बासिन्दाले सेवा लिएका थिए। कार्यक्रममा बाग्मती प्रदेशका सभासद कृष्णकुमार  तामाङ, पूर्व गृहराज्यमन्त्री विष्णु विक्रम थापा मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ  लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ६ : ४६ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण