आयुर्वेद भरपर्दो उपचार पद्धति हो : मन्त्री बस्नेत « Khabarhub

आयुर्वेद भरपर्दो उपचार पद्धति हो : मन्त्री बस्नेत


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद भरपर्दो उपचार पद्धति भएको बताएका छन्।

राष्ट्रिय  आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार आयोजना गरिएको निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेद पद्धतिबाट उपचार गर्दा साइड इफेक्ट नहुने र यो उपचार भरपर्दो पनि भएको बताएका हुन्।

आयुर्वेद उपचार पद्धति हाम्रो मौलिक उपचार पद्धति भएको बताउँदै मन्त्री बस्नेतले यसको विकासका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना अनुसार काम गरिरहेको दाबी गरे। मन्त्री बस्नेतले भने, ‘आयुर्वेदको विकास र बिस्तार गर्न सके धेरै रोगबाट मुक्त हुन सकिन्छ।’ 

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले मेलम्चीमा आयोजना गरेको स्वास्थ्य शिविरबाट सयौँ स्थानीयवासीले स्वास्थ्यलाभ लिन सक्ने बताउँदै मन्त्री बस्नेतले शिविरमा उपचार हुन नसक्ने बिरामीका लागि तालिम केन्द्रले किर्तिपुरमा निःशुल्क उपचारको व्यवस्था गर्ने जानकारी दिए।

 आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्रमा थुप्रै सुधारका काम सुरु गरेको दावी गर्दै मन्त्री बस्नेतले विभिन्न रोगको उपचार स्थानीय स्वास्थ्य संस्थामै हुन सके जनताले उपचारकै लागि काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त हुने कुरामा जोड दिए।

पैसा नभएका कारण कुनै पनि नेपालीले उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्घोषका साथ आफूले काम गरिरहेको बताउँदै मन्त्री बस्नेतले निकट भविष्यमै चिकित्सा शिक्षा ऐन संसोधन गरेर चिकित्सा शिक्षामा कोटा बढाएर स्वदेशमै पढ्न पाउने वातावरण बनाउन लागेको जानकारी दिए। 

कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा। रामआधार यादवले धेरैजसो रोगको उपचार आयुर्वेद पद्धतिको माध्यमबाट गर्न सकिने भए पनि त्यसको महत्व बुझ्न र बुझाउन नसक्दा समस्या देखिएको बताए। पेट सम्बन्धी समस्याका कारण धेरैजसो रोग लाग्ने गरेको बताउँदै डा.यादवले आयुर्वेद पद्धतिबाट हुने उपचारले पेट सम्बन्धी रोग निको हुने दावी गरे। 

स्वास्थ्य सिविरमा पेट सम्बन्धी रोग, पिनास, मधुमेह, पंचकर्म, भिडियो एक्सरे, छाला सम्बन्धी रोग, फिजियो थेरापी सहितका सेवा र निशुल्क औषधि समेत बितरण गरिएको थियो। स्वास्थ्य सिविरमा एक हजार ३ सय भन्दा बढी स्थानीय बासिन्दाले सेवा लिएका थिए। कार्यक्रममा बाग्मती प्रदेशका सभासद कृष्णकुमार  तामाङ, पूर्व गृहराज्यमन्त्री विष्णु विक्रम थापा मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ  लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ६ : ४६ बजे

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने

‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’ आन्दोलनका अगुवाले राखेका विषयलाई

अर्थमन्त्रीले भनेः तोकिएकै समयमा नै निर्वाचन हुन्छ

नेपालगन्ज – अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारले तीन कार्यभारसहित काम

गोरखाको रिपुम गुम्बामा आगलागी

गोरखा- गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ। आइतबार दिउँसो आगलागी