वडा अध्यक्ष रिहाईको माग गर्दै नगर प्रमुखको नेतृत्वमा सडक जाम « Khabarhub

वडा अध्यक्ष रिहाईको माग गर्दै नगर प्रमुखको नेतृत्वमा सडक जाम


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

सिरहा– चुरे तथा वन क्षेत्रबाट अवैध उत्खननको सिफारिस गरेको अभियोगमा पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहाई गर्न माग गर्दै कर्जन्हा नगरपालिका  मेयरसहितका जनप्रतिनिधिले सडक जाम गरेका छन्। 

कानुन विपरित उत्खनन सिफारिस दिएको अभियोगमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नम्बर १ अध्यक्ष फणिन्द्र प्रसाद पोखरेललाई तत्काल रिहाईको माग गर्दै नगर प्रमुख भोला प्रसाद पोखरेलको नेतृत्वमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्जन्हाको बन्दिपुरमा सडक जाम गरेको हो। 

सडक जामका कारण सयौँ सवारी साधन र हजारौँको सङ्ख्यामा यात्रुहरू अलपत्र परेका छन्। विभिन्न कामले हिँडेका यात्रुहरू बिनाकारण बिच बाटोमा बिचल्लीमा परेका छन्। 

वडा अध्यक्ष पोखरेललाई डिभिजन वन कार्यालय लहान सिरहाले शुक्रबार पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखेको छ। वन क्षेत्रभित्रको जग्गामा पोखरी खन्ने गैरकानूनी ढङ्गले सिफारिस दिएको भन्दै वन कार्यालयले वडा अध्यक्ष पोखरेललाई नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्वुले सडक खुलाउने प्रयास भइरहको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सबैले आ–आफ्नो अधिकारक्षेत्र भित्र रहेर काम गर्नु पर्ने भन्दै वन कार्यालयले अधिकार क्षेत्र नाघेको बताए। उनले भने सबैले आ–आफ्नो अधिकारक्षेत्रमा रहेर काम गर्नु पर्छ, निजी जमिनमा खन्दा पनि वनले जनप्रतिनिधि नियन्त्रणमा लिनु अधिकारक्षेत्र बाहिरको काम भएको बताए। 

निजी जमिनमा उत्खनन गर्दापनि सरोकारबालाहरुसँगको सहमतिमा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरेर मात्र उत्खनन गर्न पाउने कानुनी प्रावधान रहेको छ। तर, पोखरी खन्ने र जमिन सरसफाइको नाममा ठेकेदारलाई सिफारिस दिनु गैर कानुनी भएको स्थानीय अधिकारकर्मीहरूको कथन रहेको छ। 

उनीहरूले जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमै जथाभावी उत्खनन भइरहेको बताएको छ। विभिन्न प्रलोभनका कारण सिरहाका उत्तरी क्षेत्रका वडाहरुको ग्राभेल उत्खनन गर्न वडा अध्यक्षहरूले पोखरीको सिफारिस दिने गरेको छ। 

उत्तरी क्षेत्रमा पानी पोखरी नफष्टाए पनि यहाँबाट ग्राभेल तस्करहरूलाई सहज पार्न वडा कार्यालयको मिलेमतोमै पोखरी खन्ने सिफारिस दिनेगरेको स्थानीयको आरोप छ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : ०६ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको