दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा बालकुमारी घटनामा मृतकका परिवारलाई सरकारले १०-१० लाख दिने, ललितपुरका सीडीओ र एसएसपी केन्द्रमा तानिए, डीएसपीसहित तीन जना निलम्बित, श्रमिकका समस्या सम्बोधन गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता, जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्चमा जानेलगायतका समाचारले प्रमुख स्थान पाए  । 

बालकुमारी घटनामा मृतकका परिवारलाई सरकारले १०-१० लाख दिने

सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०- १० लाख रुपैयाँ दिने भएको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको आज गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

ललितपुरका सीडीओ र एसएसपी केन्द्रमा तानिए, डीएसपीसहित तीन जना निलम्बित


सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सिद्धिविक्रम शाहको जिम्मेवारी खोसेर हेडक्वार्टरमा तान्ने निर्णय गरेको छ ।

शुक्रबार ललितपुरका बालकुमारीमा भएको झडपमा सुरक्षा कमजोरी गरेको भन्दै सीडीओ पण्डितलाई गृह मन्त्रालय र एसएसपी शाहलाई प्रहरी प्रधान कार्यालय तान्ने निर्णय गरिएको हो ।

श्रमिकका समस्या सम्बोधन गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गका हकअधिकारलाई सम्बोधन गर्न आफू क्रियाशील रहेको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले आज यहाँ आयोजना गरेको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनमा उनले वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा आफूले श्रम क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए । उनले प्रभावकारीरूपमा श्रमिकमैत्री नीति र कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्चमा जाने
काठमाडौं जिल्ला अदालतको फैसलाविरूद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्।

बलात्कार मुद्दामा अदालतले शुक्रबार दोषी ठहर गरेपछि फैसलाबाट असन्तुष्ट बनेका सन्दीप उच्च अदालत जाने भएका छन्।

कांग्रेसले नै प्रचण्डलाई सरकारमा पुर्‍याएको हो, कांग्रेसले चाहे हटाउन पनि सक्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले नै प्रचण्डलाई सरकारमा पुर्‍याएको र कांग्रेसले चाहे हटाउन पनि सक्ने बताएका छन् ।

शनिबार भक्तपुरमा कांग्रेस भक्तपुर–२ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले कांग्रस संसदको ठूलो पार्टी रहेपनि पार्टीले सरकार चलाउने कुरामा योग्यता राख्न नसकेको बताए ।

आयातबाट फर्निचर उपभोग गर्नु दुर्भाग्य :अर्थमन्त्री महत


अर्थमन्त्री डा. प्रकाशशरण महतले फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्वपूर्ण क्षेत्र भएको बताएका छन ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौँ वार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै मन्त्री महतले यस्तो बताएका हुन् ।

रास्वपाले गृहमन्त्रीसँग सोध्यो– देश छोड्न खोज्ने युवालाई संसार छोड्न किन बाध्य पार्नुभयो ?


राष्ट्रिय स्वतन्त्र पार्टीले बालकुमारीमा भएको घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ मागेको छ ।

ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गरेको हो ।

स्वास्थ्य क्षेत्रमा सुधारका राम्रा काम सुरु गरेको छु: मन्त्री बस्नेत


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा निकै सुधारका राम्रा काम सुरु गरेको बताएका छन् ।

शनिबार सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी माविमा आयोजित निःशुल्क विशेषज्ञ आयर्वेद स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले संविधानमा उल्लेख जनताको स्वास्थ्यको अधिकारलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा सुधारका धेरै राम्रा काम सुरु गरेको बताएका हुन् ।

वडा अध्यक्ष रिहाईको माग गर्दै नगर प्रमुखको नेतृत्वमा सडक जाम
चुरे तथा वन क्षेत्रबाट अवैध उत्खननको सिफारिस गरेको अभियोगमा पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहाई गर्न माग गर्दै कर्जन्हा नगरपालिका मेयरसहितका जनप्रतिनिधिले सडक जाम गरेका छन्।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : ०१ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम