करेन्ट चाउचाउको बिक्री वितरण रोकिएको छैन : यशोदा फुड्स « Khabarhub

करेन्ट चाउचाउको बिक्री वितरण रोकिएको छैन : यशोदा फुड्स


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यशोदा फुड्स प्रालिले करेन्ट चाउचाउको बिक्री वितरण नरोकिएको जनाएको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै यशोदा फुड्सले करेन्ट चाउचाउको बिक्री वितरण नरोकिएको जानकारी दिएको हो । ट्रेडमार्क नक्कल गरेको भन्दै वाइवाइ चाउचाउ उत्पादक सीजी फुड्सले दायर गरेको मुद्दामा विवादित लेबलको दर्ता प्रमाणपत्र दिने कार्य रोक्न मात्र आदेश आएको र बिक्री वितरण नरोकिएको यशोदा फुड्सले स्पष्ट पारेको छ ।

यशोदा फुड्सले नेपालमा करेन्ट ट्रेडमार्क अन्तर्गत विभिन्न स्वादका चाउचाउ, चिजवल्स तथा स्न्याक्स उत्पादन गर्ने गरेको छ । कम्पनीले उद्योग विभागबाट विभिन्न मितिमा दर्ता नं ०५६९३९, ०६६९४१, ०६०९२४, ०६०९२५, ०६०९२८ लगायतबाट ट्रेडमार्क करेन्टको दर्ता प्राप्त समेत गरिसकेको जानकारी दिएको छ ।

सीजी फुड्सले करेन्ट चाउचाउको बिक्रीवितरण रोक्नुपर्ने माग गर्दै यसअघि उद्योग विभागमा उजुरी दिएको थियो । तर विभागले ट्रेडमार्क दर्ता हुने भनी २०८० जेठ २९ गते निर्णय गरेको थियो ।

त्यसपछि सीजी फुड्सले उद्योग विभागको निर्णयविरुद्ध उच्च अदालत पाटनमा पुनः करेन्ट चाउचाउको उत्पादन बिक्री वितरण रोक्नका लागि अन्तरकालीन आदेश माग गर्दै मुद्दा दायर गरेको थियो ।

उच्च अदालत पाटनको संयुक्त इजालसले सुनुवाइ गर्दै सुरु तहले गरेको निर्णयको न्यायिक परिक्षण भई अन्तिम टुङ्गो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभागले गरेको निर्णय जारी मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने आदेश दिएको थियो ।

सो आदेशको गलत व्याख्या गरी विभिन्न सञ्चारमाध्यममा कम्पनीको उत्पादन बिक्री वितरणमा उच्च अदालतले रोक लगाएको भनी दुष्प्रचार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको कम्पनीले जनाएको छ ।

‘उच्च अदालतले उद्योग विभागको निर्णय कार्यान्वन नगर्न अर्थात्‌ विवादित लेबलको दर्ता प्रमाणपत्र दिने कार्य रोक्ने आदेश दिएको विषयलाई गलत व्याख्या गरी बिक्री वितरणमै रोक लगाएको भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको कम्पनीले स्पष्ट पारेको छ ।

 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ८ : १९ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो