भारतसँगको सम्बन्ध थप सुदृढ हुँदै गएको छ : अमेरिकी विदेशमन्त्री « Khabarhub

भारतसँगको सम्बन्ध थप सुदृढ हुँदै गएको छ : अमेरिकी विदेशमन्त्री


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले भारतसँगको सम्बन्ध थप सुदृढ हुँदै गएको बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा उनले चारपक्षीय सुरक्षा संवाद ‘क्वाड’ का माध्यमबाट अमेरिकाले भारतसँगको साझेदारी थप सुदृढ बनाएको बताएका हुन् ।

क्वाडमा भारत र अमेरिकासँग अस्ट्रेलिया र जापान पनि सदस्य छन् । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्र्रेस विज्ञप्तिमा हिन्द प्रशान्त क्षेत्रमा अमेरिकाको साझेदारी अहिलेसम्मकै मजबुत रहेको जनाइएको छ । उनले अमेरिकाले हाल बेलायत र अस्ट्रेलियासँग मिलेर आणविक पनडुब्बीको विकास गरिरहेको समेत जानकारी दिए ।

त्यसबाहेक भियतनाम र इण्डोनेशियासँग विस्तृत रणनीतिक साझेदारी सुरु गरिएको र फिलिपिन्ससँग नयाँ रक्षा साझेदारी सम्झौता गरिएको र फिलिपिन्स र जापानसँग त्रिपक्षीय साझेदारी अघि बढाइएको जानकारी दिए ।

त्यसबाहेक हालै प्रशान्त क्षेत्रका मुलुकहरु सोलोमन आइल्याण्ड र टोङ्गामा नयाँ राजदूतावास स्थापना गरेको पनि विदेशमन्त्री ब्लिङ्केनले बताए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ४ : ०९ बजे

अर्थमन्त्री भन्छन् : नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो तोड्छौँ

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत १०–१५ वर्षदेखि देश निहित

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको

विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान