पाकिस्तानको एक मस्जिदमा आक्रमण : ४७ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानको एक मस्जिदमा आक्रमण : ४७ जनाको मृत्यु


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको पेशावर शहरको एक मस्जिदमा आक्रमण हुँदा ४७ जनाको मृत्यु भएको छ। विस्फोटमा परेर १५० भन्दा धेरै घाइते भएका छन्।

आक्रमण प्रहरी लक्षित रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। घटनास्थलमा तीन सयदेखि चार सयको बीचमा प्रहरी रहेकाले प्रहरी लक्षित आक्रमण भएको हुनसक्ने खबरमा उल्लेख छ।

घटनाको विरोध गर्दै प्रधानमन्त्री शहबाज शरीफले आक्रमणकारीले देशको सुरक्षाकर्मीमाथि आक्रमण गरेर डरलाग्दो माहौल सिर्जना गर्न खोजेको दाबी गर्नुभएको छ।

अहिलेसम्म आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन। तर पाकिस्तानी तालिवानले आक्रमण गरेको अनुमान गरिएको छ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ६ : १३ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन