नगरपालिकाले विपन्न परिवारलाई घर बनाउँदै « Khabarhub

नगरपालिकाले विपन्न परिवारलाई घर बनाउँदै


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– विपन्न परिवारका समुदायलाई लक्षित गर्दै राप्ती नगरपालिकाले पाँच सय घर बनाइदिने भएको छ । नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो । नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार हरेक वर्ष एक सय घर बनाउने योजनासहित काम भइरहेको छ । उनले भने, ‘पहिलो वर्षका लागि यस कार्यक्रममा एक करोड विनियोजन भएको छ । हिउँदे अधिवेशनमा यसको बजेट बढाएका छौँ ।’

यस वर्षमा निर्माण गरिने भनिएका घरहरूमध्ये मङ्सिर मसान्तसम्म ३२ वटा घरको निर्माण सम्पन्न भई रकम भुक्तानीसमेत भइसकेको उनले जानकारी दिए । अहिले आठवटा घर निर्माणको क्रममा छन् । घर निर्माणका लागि नगरपालिकाले प्रतिघर रू दुई लाख विनियोजन गरेको छ । निर्माणका लागि दुई लाख १५ हजारदेखि रू दुई लाख २५ हजारसम्म लाग्ने अनुमान गरिएको छ । अन्य रकम घरधनीले श्रमदान गर्नुपर्ने उनले बताए । 

जग्गा भएर पनि घर निर्माण गर्न नसकेका विपन्न परिवारका लागि नगरपालिकाले वडाको सिफारिस र स्थलगत अनुगमनपछि घर निर्माणको काम अगाडि बढाउने गरेको छ । घर दुईकोठे जस्ताको छानो भएको हुने उनले जानकारी दिए । नगरपालिकाभित्र रहेका १३ वटा वडामध्ये वडा नं १०, ११, १२ र १३ मा यस्ता परिवार धेरै रहेका छन् । 

उनले भने, ‘जग्गा भएर पनि घर बनाउन नसकेकाहरूका लागि स्थानीय सरकार छ भन्ने आभास दिलाउनका लागि हामीले काम सुरु गरेका छौँ ।’ पालिकामा चेपाङ, तामाङ समुदायको बसोबास बाक्लो छ । राज्यको दायित्वभित्र गाँस, बास र कपास पर्ने भन्दै उनले सुरुआती चरणमा बासको व्यवस्थापन गर्न लागिएको बताए ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १ : ४३ बजे

कम्बोडिया र थाइल्यान्डको सीमा क्षेत्रको झडप दोस्रो सातामा प्रवेश

बैंकक- कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा

‘एमाले छ्वालीको होइन, बलियो स्टिलको लौरो हो, कसैले भन्दैमा फुट्दैन’

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ

केपी ओलीलाई सुरेन्द्र पाण्डेको प्रश्न- यो मनपरी होइन भने के हो ?

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकले अस्वीकार

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

ढोरपाटन (बागलुङ)- खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष

‌ओलीले तीन महिनामै बेकामे बनाइदिए करोडौं खर्च गरिएको विधान महाधिवेशनलाई

काठमाडौं- नेकपा (एमाले)ले गत भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको