केपी ओलीलाई सुरेन्द्र पाण्डेको प्रश्न- यो मनपरी होइन भने के हो ? « Khabarhub

केपी ओलीलाई सुरेन्द्र पाण्डेको प्रश्न- यो मनपरी होइन भने के हो ?


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकले अस्वीकार गरेको प्रस्ताव अन्ततः केन्द्रीय कमिटी बैठकमार्फत् बहुमतको आधारमा पारित गराएका छन् ।

शनिबार राति आफूनिकट नेताहरूसँग गुन्डुमा लामो छलफल हुँदा पनि उपाध्यक्ष र सचिवका आकांक्षीको व्यवस्थापनमा सहमति नजुटेपछि ओलीले दोस्रो विधान महाधिवेशनको तीन महिनामै नेतृत्व संरचनाको संख्या फेरबदल गर्ने निर्णय केन्द्रीय कमिटीबाट गराएका हुन् ।

गुन्डु बैठकमा सहमति जुट्न नसकेपछि ओलीले केन्द्रीय कमिटीमा बहुमतको आड लिँदै प्रस्ताव पेलेर पास गराएको नेताहरूको भनाइ छ ।

यसै विषयमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् । उनले विधान र प्रक्रियालाई बेवास्ता गर्दै गरिएको निर्णयलाई ‘मनपरी’ भनेका छन् ।

पाण्डेले लेखेका छन्, ‘के हाम्रा विधानहरू अस्थायी हुन् र? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने– यो सरासर मनपरी होइन भने के हो? अहिले आएर दाँया–बाँया गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ।’

उनले पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य रहेको भन्दै मनपरीतन्त्रको विरोधमा संघर्ष जारी रहने पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  २ : ५२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन