नेपाल क्रिकेट संघका अध्यक्ष चन्दको राजीनामा माग « Khabarhub

नेपाल क्रिकेट संघका अध्यक्ष चन्दको राजीनामा माग


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाल क्रिकेट संघ (क्यान) का ७ जना केन्द्रीय सदस्यले लिखितरुपमै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेका छन् । मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र बुझाएका हुन् ।

क्यानका केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले चन्दको राजीनामा माग गरेका हुन् ।

नेपाल टी-२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरूले अध्यक्षको राजीनामा माग गरेका थिए । कार्यसमिति बैठकमा पनि उनीहरूले लिखित रुपमा राजीनामा मागेका हुन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  २ : ४० बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ