मुख्यमन्त्री जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल  « Khabarhub

मुख्यमन्त्री जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल 


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा (माओवादी केन्द्र) का युवा नेता देवीप्रसाद ढकाल नियुक्त भएका छन् । भक्तपुर निवासी ढकाललाई आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । विशेष गरी अर्थ राजनीतिक विषयका जानकार ढकालको ‘समाजवाद र नेपाल’ पुस्तक प्रकाशित छ । 

यसअघि उनका विभिन्न छ वटा पुस्तक समेत प्रकाशित भइसकेका छन् । मुलुकको अर्थतन्त्र तथा सामाजिक न्यायका विषयमा चासो राख्ने र सोही विषयमा कलम चलाउने ढकाल माओवादीभित्र बौद्धिक नेताको परिचय बनाएका छन् ।

यसअघि तत्कालीन अर्थमन्त्री वर्षमान पुनको प्रमुख स्वकीय सचिवको जिम्मेवारी समेत सम्हालेका ढकाल गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको चुनावी घोषणापत्र लेखन समिति सदस्यका रुपमा समेत काम गरेका थिए ।

बागमती प्रदेश सरकारले प्रदान गरेको जिम्मेवारीलाई आफूले इमानदार भएर निर्वाह गर्ने नेता ढकालले बताए। उनले आफूलाई यस अवसर प्रदान गरेकामा मुख्यमन्त्री जमकट्टेल र बागमती प्रदेश सरकारलाई धन्यवाद दिए ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ३ : ०४ बजे

महाकाव्यकार दाहालको ‘बित्छ बिहान आमाको’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत ‘बित्छ

एनपीएलले नेपाली खेलाडीको स्तरवृद्धिमा योगदान पुग्छ: प्रतिस जिसी

काठमाडौं – विराटनगर किंग्सका बलर प्रतिस जिसीले नेपाल प्रिमियर लिग

एसियन कप छनोटः नेपाल सिरियासँग पराजित

काठमाडौं – एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगिताको आफ्नो उद्घाटन

सरकार र दुर्गा प्रसाईंका प्रतिनिधिबीच वार्ता, आन्दोलन स्थगित गर्ने सहमति

काठमाडौं – सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

किसानलाई धानको मूल्य पाउन समस्या

सुदूरपश्चिम – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान