गृहको नेतृत्वबारे निर्णय गर्न फैसलाको पूर्णपाठ पर्खिँदै प्रधानमन्त्री  « Khabarhub

गृहको नेतृत्वबारे निर्णय गर्न फैसलाको पूर्णपाठ पर्खिँदै प्रधानमन्त्री 


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् ।

 मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी दिए । गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले तत्काल गृहमन्त्री नबनाउने भएका हुन् । गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता अवैधानिक रहेको ठहर गर्दै उनलाई सांसद र उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेको थियो ।

तर, आइतबार पुन नेपाली नागरिकताको प्रमाणपत्र लिएका लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने उनले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी तथा सत्तासाझेदार केही दलले प्रधानमन्त्री प्रचण्डमाथि दबाब दिइरहेका छन् । 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ३ : १९ बजे

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी