'नेपाल टेलिभिजन व्यावसायिक र प्रतिस्पर्धी बन्नुपर्छ'  | Khabarhub Khabarhub

‘नेपाल टेलिभिजन व्यावसायिक र प्रतिस्पर्धी बन्नुपर्छ’ 


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने बताएकी छिन् । नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अनगिन्ती टेलिभिजनको भीडबीच आफूलाई अब्बल बनाउनुपर्ने बताइन् । 

‘अहिले नेपाल टेलिभिजनलाई विविधता र बहुलता, नेपाली समाजको आवश्यकता र आम नागरिकको अपेक्षा पूरा गर्दै देश भित्र र बाहिरका अनगिन्ती टेलिभिजन च्यानलका बीच आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने चुनौती रहेको छ’, सरकारका प्रवक्ता शर्माले भनिन्, ‘यसका लागि व्यावसायिक सोच र जनशक्ति अधिकतम सदुपयोग र परिचालन गर्ने तथा व्यापारिक आम्दानीमा पनि अभिवृद्धि गर्दै लैजानुपर्ने भएको छ ।’

आगामी दिनका लागि यस टेलिभिजनले गहिरो अध्ययन गरी आम जनताले महसुस गर्ने खालका योजना तय गरोस् भन्दै उनले त्यसलाई लक्ष्यअनुरूप सम्पन्न गर्न सम्पूर्ण साधन स्रोतको सही ढंगले सदुपयोग गर्ने विश्वास व्यक्त गरिन्।

संघीय लोकतान्त्रिक गणतन्त्रको सम्वर्द्धन, राष्ट्रिय हितको प्रवर्द्धन, संवैधानिक सर्वोच्चता, विधिको शासन, बहुलता, विविधता र सामाजिक न्यायको स्थापना जस्ता विषयलाई आत्मसाथ गर्दै आगामी दिनमा नेपाल टेलिभिजनले आफ्ना प्रसारणका विषयवस्तु, प्रस्तुति, प्रविधि र पहुँचमा थप विस्तार र सुधार गर्ने विश्वास उनले व्यक्त गरिन् ।

देशको कला, साहित्य, संस्कृति, सामाजिक समावेशिता, विपन्न एवं अल्पसङ्ख्यक लगायत सबै वर्ग र क्षेत्रका आवाजलाई स्थान दिँदै उनले टेलिभिजनले शिक्षा र जनचेतना प्रवाह गरी राज्यबाट भएका सकारात्मक पहललाई नेपाली नागरिक समक्ष पुर्‍याउने गरेको छ भनिन्। ‘यतिमात्र होइन प्राकृतिक प्रकोप, महामारी जस्ता विषय, परिस्थिति र उच्च जोखिमका बीचमा पनि आधिकारिक सूचना आफ्ना दर्शकलाई दिइरहेको छ । यसका निमित्त नेपाल टेलिभिजन धन्यवादको पात्र छ’, उनले भनिन्। 

मुलुकको टेलिभिजन तथा प्रसारण पत्रकारितामा नेपाल टेलिभिजनको स्थान विशिष्ट रहँदै आएको जनाउँदै उनले श्रव्यदृश्य प्रसारणको तीन दशक पार गरिसकेको यस टेलिभिजनले यस अवधिमा प्रविधि र प्रसारण क्षमतामा सुधार र विकास गरेको बताइन् । नेपाल टेलिभिजनले राज्यको विश्वसनीय र आधिकारिक सूचना स्रोतका रुपमा  रही नेपालको जातीय, भाषिक, सांस्कृतिक र प्राकृतिक विविधताको प्रवर्द्धन एवं राष्ट्र हितको सम्वर्द्धनमा यसले महत्वपूर्ण योगदान गरेको उनको भनाइ छ ।

‘देशमा भएका महत्वपूर्ण घटनाहरु, राजनीतिक परिवर्तनलाई संस्थागत गर्न राष्ट्रिय प्रसारकरका रुपमा समेत यसले अहम् भूमिका खेलेको छ’, उनले भनिन्। यसको विकास र क्षमता अभिवृद्धि तथा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासका लागि मन्त्रालय सदैव सकारात्मक रहेको जनाउँदै उनले संस्थाको श्रीवृद्धिका लागि सम्पूर्ण कर्मचारी इमानदार र प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरिन्। ‘सबैको इमान्दार प्रयासले टेलिभिजनलाई अझ उच्च स्थानमा लैजान सफल हुनेछौँ’, मन्त्री शर्माले भनिन्।

कार्यक्रममा मन्त्री शर्माले वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेता खेलाडीलाई ट्रफी, शिल्ड र प्रमाणपत्र प्रदान गरेकी थिइन् । वार्षिकोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेकी थिइन्। २०४२ साल माघ १७ गतेदेखि नेपाल टेलिभिजनले प्रसारण आरम्भ गरेको थियो ।

 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ३ : ४८ बजे

टाटा म्याजिक बीएस६ इटहरी शाखामा सार्वजनिक

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले इटहरी शाखाबाट टाटा म्याजिक बीएस६

सामान्य अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार

सरकार चलाउनेले अधिकार मुठ्ठीमा राख्दा संघीयता दुर्घटना पर्ने देखियो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयतालाई बलियो बनाउनका लागि

सांसदहरूको माग : वाइडबडी जहाज खरिद प्रकरण छानबिन गर्न संसदीय समिति बनाऊँ

काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले वाइडबडी जहाज प्रकरणमा छानबिनका लागि संसदीय समिति

मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु

महेन्द्रनगर– मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु भएको छ । अधिवेशन