क्यानाडाको हिन्दू मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएको भन्दै भारतको आपत्ति « Khabarhub

क्यानाडाको हिन्दू मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएको भन्दै भारतको आपत्ति


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यानाडाको ब्राम्पटनस्थित गौरीशङ्कर मन्दिरको हातामा भारतविरोधी भित्तेचित्र बनाइएको भन्दै भारतले आपत्ति जनाएको छ ।

क्यानाडाको टोरन्टोमा रहेको भारतीय महावाणिज्य दूतावासले उक्त कार्यको निन्दा गर्दै त्यसबाट क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको बताएको छ । सोमबार उक्त मन्दिरमा तोडफोडसमेत भएको थियो ।

भारतविरोधी विकृत चित्र र तोडफोडको निन्दा गर्दै महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको छ, हामी यसको घोर भर्त्सना गर्दछौँ । हामीले क्यानाडाका अधिकारीहरूसँग यस विषयमा हाम्रो चिन्ता र चासो व्यक्त गरेका छौँ ।”

ब्राम्पटनका मेयर प्याट्रिक ब्राउनले तोडफोडको निन्दा गरेका गरेका छन् भने क्यानाडाका अधिकारीहरूले उक्त घटनाको अनुसन्धान गरिरहेका छन् । “तोडफोडको यो घृणित कार्यको हाम्रो शहर वा देशमा कुनै स्थान छैन, सबैले आ–आफ्नो धार्मिक आस्थाका स्थानमा गरिने पूजामा सुरक्षित महसुस गर्न पाउनुपर्छ,” ब्राम्प्टनका मेयरले ट्वीट जारी गर्दै उल्लेख गरेका छन् ।

क्यानाडामा मन्दिरमा तोडफोड भएको यो पहिलो घटना भने होइन । यसअघि गत सेप्टेम्बरमा पनि क्यानडाको बिएपीएस स्वामीनारायण मन्दिरलाई क्यानाडाली अतिवादीले भारत विरोधी भित्तेचित्रले विकृत पारेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ४ : ५५ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न