मोटरेवल पुल निर्माणसंगै रेश र धम्जावासीलाई सहज « Khabarhub

मोटरेवल पुल निर्माणसंगै रेश र धम्जावासीलाई सहज


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा एकसाथ दुई मोटेरबल पुल निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको योजना अन्तर्गत बागलुङको काठेखोला गाँउपालिकामा एकासाथ दुई मोटरेवल पुल निर्माण गरिएको हो । 

गाउँपालिका-६ बिँहु र भिमापोखरा जोड्ने गरी लामाबगरमा र वडा नं ७ रेशको सिमानामा रहेको एक्लेखेतस्थित रेश खोलामा मोटरेवल पुल निर्माण भएको छ । पुल निर्माणपछि रेश र धम्जामा अब बाह्रैमास यातायातका साधन चल्ने भएको छ । 

बागलुङको काठेखोला गाउँपालिकाको रेशमा बर्खा लागेपछि सवारीसाधन खोलापार गर्न नसक्ने समस्या रेश खोलामा पुल निर्माण भएपछि हटेको काठेखोला गाउँपालिका-७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । रेश खोलाको पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले पाँच करोड २७ लाख बजेट विनियोजन गरेको थियो । गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय पोखरा र पूर्वाधार विकास कार्यालय बागलुङको साझेदारीमा २५ मिटर लामो मोटरेवल पुल निर्माण भएको हो ।

त्यसैगरी रू पाँच करोड लागतमा पुल निर्माणको ठेक्का निलगिरि नेशनल जेभिले जिम्मा लिएको थियो । विसं २०७६ सालमा ठेक्का सम्झौता भएको पुल २०७९ माघ मसान्तसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य निर्माण कम्पनीको छ ।

पुलको अहिले रङ्गरोगनको काम चलिरहेको छ । यस्तै लामाबगरमा ३० मिटर लामो पक्की पुल निर्माण भएको छ । तीन करोड ३१ लाख लागतमा पुलको निर्माणको जिम्मा पनि निलगिरि नेशनल जेभीले लिएको थियो । 

विसं २०७७  माघमा सकिने गरी २०७६ साउन २६ गते ठेक्का सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौताभन्दा दुई वर्षपछि मात्रै सम्पन्न भएको हो । लामाबगर पुल र रेश खोलाको पुल दुबै हस्तान्तरणको चरणमा पुगेको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम बिकले जानकारी दिए।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ४ : ५७ बजे

लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना

म्याग्दी– बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पन्छी

चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु

एजेन्सी – दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको

शिवं सिमेन्टद्वारा छात्रालक्षित छात्रवृत्ति प्रदान

काठमाडौं– सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई  हेटौँडामा रहेको शिवं सिमेन्ट लिमिटेडले

मध्यपहाडी लोकमार्ग बनाउन माग गर्दै प्रदर्शन

सुन्दरबजार– पुष्पलाल मध्यपहाडी लोकमार्ग अविलम्ब बनाउनुपर्ने माग गर्दै दबाबस्वरूप आज

भ्रष्टाचारविरुद्ध सरकारले जुनसुकै हदसम्मको कठोर कदम चाल्ने छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध सरकारले जुनसुकै हदसम्मको कठोर कदम