अजित मिजारका परिवारसँग मन्त्री वादीको भेट « Khabarhub

अजित मिजारका परिवारसँग मन्त्री वादीको भेट


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आज काठमाडौँमा अजित मिजारका परिवारसँग भेट गरी उनको मृत्यु प्रकरण तथा न्याय प्राप्तिसँग सम्बन्धित विषयमा विस्तृत छलफल गरेकी छन् ।

भेटका क्रममा उनको परिवारले वर्षौँदेखि न्यायको प्रतीक्षामा रहँदा भोग्नुपरेका पीडा, अनुभव तथा न्याय प्राप्तिप्रतिको आफ्नो अपेक्षा मन्त्री वादीसमक्ष राखे । मन्त्री वादीले परिवारको भनाइ गम्भीरतापूर्वक सुन्दै उनीहरूले भोग्दै आएको पीडाप्रति चासो व्यक्त गरे ।

मन्त्री वादीले न्यायका लागि लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था कुनै पनि नागरिकका लागि दुःखद भएको उल्लेख गर्दै पीडित परिवारको आवाज सुन्नु, मानवअधिकारको संरक्षण गर्नु तथा विधिको शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु राज्यको दायित्व भएको बताइन्। 

उनले सत्य, न्याय तथा संविधानले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएको उल्लेख गर्दै पीडित परिवारका जायज माग सम्बन्धित निकायसम्म पुर्‍याउन आवश्यक समन्वय र पहल गर्न मन्त्रालय  सक्रिय रहने स्पष्ट पारिन् ।

मन्त्री वादीले जातीय विभेद, सामाजिक अन्याय तथा कुनै पनि प्रकारका भेदभाव विरुद्ध राज्य दृढतापूर्वक उभिनुपर्ने धारणा व्यक्त गर्दै संवैधानिक हकको प्रत्याभूति, समानता र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि सबै निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ७ : ३९ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी