ब्राजिलका पूर्वराष्ट्रपतिद्वारा ६ महिने भिसा दिन अमेरिकासमक्ष अनुरोध « Khabarhub

ब्राजिलका पूर्वराष्ट्रपतिद्वारा ६ महिने भिसा दिन अमेरिकासमक्ष अनुरोध


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलका पूर्वराष्ट्रपति जइर बोल्सोनारोले छ महिनाका निम्ति आफूलाई प्रवेशाज्ञा (भिसा) प्रदान गर्न अमेरिका सरकारसमक्ष अनुरोध गरेका छन् ।

पूर्वराष्ट्रपतिको अमेरिका बस्ने चाहनाले उनी तत्काल स्वदेश फर्कने सम्भावना प्रायः समाप्त भएको अनुमान गरिएको छ । स्वदेशमा उनीमाथि विविध कानूनी अड्चन आउने सम्भावना छन् ।

पूर्वराष्ट्रपतिले अमेरिकी भिसाका लागि आवेदन दिएको समाचार उनका आप्रवासनसम्बन्धी वकिललाई उद्धृत गर्दै सर्वप्रथम ‘द फाइनान्सियल टाइम्स’ ले सार्वजनिक गरेको थियो ।

गत डिसेम्बर ३० मा पूर्वराष्ट्रपति बोल्सोनारो अमेरिकाको फ्लोरिडा पुगेका थिए । त्यसको दुई दिनपछि ब्रजिलमा नयाँ राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कार्यभार सम्हाल्ने दिन थियो ।

उक्त दिन देशको स्थिति सामान्य रहे पनि एक सातापछि उनका समर्थकले देशव्यापी आन्दोलन गरेर राष्ट्रपति लुला डा सिल्भाको निर्वाचन बदर हुनुपर्ने माग गर्दै आन्दोलन चर्काएका थिए ।

पूर्वराष्ट्रपति बोल्सोनारोमाथि उक्त आन्दोलन भड्काएकोलगायत विभिन्न आरोप लागेको छ । तीन दशक लामो राजनीतिक यात्रा गरेका बोल्सोनारोलाई ब्राजिल सरकारले पूर्वराष्ट्रपतिका रुपमा कुनै पनि सुविधा उपलब्ध गराएको छैन । उनीमाथि सर्वोच्च अदालतले सुनुवाइ गर्न बाँकी छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ५ : २३ बजे

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित