जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने इङ्वाखोला जलविद्युत्को योजना « Khabarhub

जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने इङ्वाखोला जलविद्युत्को योजना


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाँचथर– आगामी २०८० जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने योजनासहित इङ्वाखोला जलविद्युत् आयोजना निर्माण कार्य भइरहेको छ । पाँचथरको याङवरक गाउँपालिकामा निर्माणाधीन यो आयोजनाबाट आगामी वैशाख १५ गतेभित्र परीक्षण उत्पादन थाल्ने तयारी छ । 

नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पिपिए) बमोजिम जेठ १ गतेभित्र उत्पादन थाल्न आयोजनाको निर्माण कार्यलाई द्रूत बनाइएको छ । हालसम्म आयोजनाको निर्माण कार्य करिब ७५ प्रतिशत सम्पन्न भएको आयोजना प्रबन्धक उमेश नेपालले जानकारी दिए । ९.७ मेगावाट क्षमताको यस आयोजनाले हिँउदको समयमा भने कूल क्षमताको करिब ३० प्रतिशत मात्रै विद्युत् उत्पादन गर्नेछ । 

पाँचथर र ताप्लेजुङको सीमा भई बग्ने इङ्वाखोलामा आयोजना निर्माणाधीन छ । इङ्वाखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले २०६३ मा अनुमति दिएको थियो । २०७८ भदौ २३ गतेदेखि निर्माण थालिएको आयोजना २० महिनामा निर्माण सम्पन्न हुन लागेको हो । 

यहाँ उत्पादित विद्युत् काबेली कोरिडोर विद्युत् प्रसारण लाइनको पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ‘पाइपलाइन र केही प्राविधिक काम बाँकी छन्’, आयोजना प्रबन्धक नेपालले भने, ‘निर्धारित अवधिमा निर्माण कार्य सक्नेछौ ।’

आयोजनाको बाँध (हेडबक्स) पाँचथरको याङवरक गाउँपालिका–२ सेरेजामा  छ । आयोजनामा सुरुङमार्ग छैन । ४.४० किलोमिटर फलामे ‘हेडरेस’ पाइपलाइन र दुई सय ७८ मिटर ‘सर्ज’ पाइपमार्फत खोलाको पानी याङवरक–३ ओयामको आँपडाँडामा रहेको पावरहाउससम्म ल्याउन लागिएको हो । बाँध र पावरहाउसबीचको उचाइ १८१.२५ मिटर रहेको आयोजनाका प्रमुख इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । 

फलामको मूल्य बढेका कारण आयोजनाको लागत सुरुङमार्गको जस्तै बनेको प्रवद्र्धकको भनाइ छ । एक अर्ब ९५ करोडको लागतमा निर्माण हुन लागेको आयोजनामा प्रवर्द्धकको ३० प्रतिशत लगानी छ । बाँकी ७० प्रतिशत लगानी बैंक अफ काठमाण्डू मर्जरपछि हाल ग्लोबल आइएमई बैंकको छ । याङवरक गाउँपालिकामै काबेली बी-१ आयोजना निर्माण सम्पन्न भइसकेको छ भने काबेली बी-१ क्यासकेट आयोजना निर्माणाधीन अवस्थामा छ । 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ५ : ५६ बजे

विराटनगर महानगरले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

काठमाडौँ – विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश

आठ महिनामा दुई सय चौध दुर्घटना

चितवन – चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय

सरकारी कामकाजमा तामाङ र नेवारी भाषाको प्रयोगबारे छलफल सुरु

काठमाडौँ – नेवारी र तामाङ भाषाको बाहुल्य रहेको बागमती प्रदेशमा

कामपाको न्यायिक समितिमा ७५ प्रतिशत घर बहालका उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत

चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिन बीच भेट

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय