जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने इङ्वाखोला जलविद्युत्को योजना « Khabarhub

जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने इङ्वाखोला जलविद्युत्को योजना


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाँचथर– आगामी २०८० जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने योजनासहित इङ्वाखोला जलविद्युत् आयोजना निर्माण कार्य भइरहेको छ । पाँचथरको याङवरक गाउँपालिकामा निर्माणाधीन यो आयोजनाबाट आगामी वैशाख १५ गतेभित्र परीक्षण उत्पादन थाल्ने तयारी छ । 

नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पिपिए) बमोजिम जेठ १ गतेभित्र उत्पादन थाल्न आयोजनाको निर्माण कार्यलाई द्रूत बनाइएको छ । हालसम्म आयोजनाको निर्माण कार्य करिब ७५ प्रतिशत सम्पन्न भएको आयोजना प्रबन्धक उमेश नेपालले जानकारी दिए । ९.७ मेगावाट क्षमताको यस आयोजनाले हिँउदको समयमा भने कूल क्षमताको करिब ३० प्रतिशत मात्रै विद्युत् उत्पादन गर्नेछ । 

पाँचथर र ताप्लेजुङको सीमा भई बग्ने इङ्वाखोलामा आयोजना निर्माणाधीन छ । इङ्वाखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले २०६३ मा अनुमति दिएको थियो । २०७८ भदौ २३ गतेदेखि निर्माण थालिएको आयोजना २० महिनामा निर्माण सम्पन्न हुन लागेको हो । 

यहाँ उत्पादित विद्युत् काबेली कोरिडोर विद्युत् प्रसारण लाइनको पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ‘पाइपलाइन र केही प्राविधिक काम बाँकी छन्’, आयोजना प्रबन्धक नेपालले भने, ‘निर्धारित अवधिमा निर्माण कार्य सक्नेछौ ।’

आयोजनाको बाँध (हेडबक्स) पाँचथरको याङवरक गाउँपालिका–२ सेरेजामा  छ । आयोजनामा सुरुङमार्ग छैन । ४.४० किलोमिटर फलामे ‘हेडरेस’ पाइपलाइन र दुई सय ७८ मिटर ‘सर्ज’ पाइपमार्फत खोलाको पानी याङवरक–३ ओयामको आँपडाँडामा रहेको पावरहाउससम्म ल्याउन लागिएको हो । बाँध र पावरहाउसबीचको उचाइ १८१.२५ मिटर रहेको आयोजनाका प्रमुख इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । 

फलामको मूल्य बढेका कारण आयोजनाको लागत सुरुङमार्गको जस्तै बनेको प्रवद्र्धकको भनाइ छ । एक अर्ब ९५ करोडको लागतमा निर्माण हुन लागेको आयोजनामा प्रवर्द्धकको ३० प्रतिशत लगानी छ । बाँकी ७० प्रतिशत लगानी बैंक अफ काठमाण्डू मर्जरपछि हाल ग्लोबल आइएमई बैंकको छ । याङवरक गाउँपालिकामै काबेली बी-१ आयोजना निर्माण सम्पन्न भइसकेको छ भने काबेली बी-१ क्यासकेट आयोजना निर्माणाधीन अवस्थामा छ । 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ५ : ५६ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी