लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धार : आईओएम « Khabarhub

लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धार : आईओएम


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूमध्य सागरको बाटो भएर युरोपतर्फ जान खोज्ने ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले जनाएको छ ।

एक हप्ताको अवधिमा ३३१ जना आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले जानकारी दिएको हो । सन् २०२३ को जनवरी २२ देखि जनवरी २८ सम्मको अवधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो आईओएमले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

उद्धार गरिएका आप्रवासीमा २० महिला र ३५ बालबालिका समेत रहेका छन् । यस वर्ष अहिलेसम्म कुल १ हजार एक सय ३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ ।

उत्तर अफ्रिकी तटबाट भूमध्य सागरको बाटो हुँदै युरोप प्रवेश गर्न खोज्ने १७ जना आप्रवासीको मृत्यु भएको छ भने अरु १८ जना बेपत्ता भएको आईओएमले जनाएको छ ।

सन् २०२२ मा कुल २४ हजार छ सय ८४ आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले जनाएको छ । सन् २०२२ मा भूमध्य सागरीय मार्गमा ५ सय २९ आप्रवासीको मृत्यु भएको छ भने ८ सय ४८ जना बेपत्ता भएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ६ : ०६ बजे

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध