जवाहिरीको मृत्यु भएपछि कसले गरिरहेको छ अल कायदाको नेतृत्व ? « Khabarhub

जवाहिरीको मृत्यु भएपछि कसले गरिरहेको छ अल कायदाको नेतृत्व ?


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सुरक्षा बलको कारवाहीमा परी गत वर्षको जुलाई महिनामा आतंकवादी संगठन अल कायदाका प्रमुख आयमन अल जवाहिरीको मृत्यु भएको थियो । त्यसयता उक्त संगठनको नेतृत्व कसले गरिरहेको छ भन्ने अझै स्पष्ट हुन सकेको छैन ।

अमेरिकाको राष्ट्रिय प्रतिआतंकवाद केन्द्रकी निर्देशक क्रिस्टियान अबिजइदले अल जवाहिरीको स्थानमा अल कायदाको नेतृत्व कसले गरिरहेको छ भन्ने अझै स्पष्ट नभएको बताएकी छिन् ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्यूयोर्क सहरस्थित जुम्ल्याहा भवनमा भएको आक्रमणका योजनाकार समेत मानिने जवाहिरीको अमेरिकी सेनाको कारवाहीका क्रममा अफगानिस्तानमा मृत्यु भएको थियो ।

सन् २०२१ को अगस्ट महिनामा तालिबानले अफगानिस्तानको शासन हातमा लिएपछि मात्र अफगानिस्तान प्रवेश गरेका जवाहिरी त्यसअघि पाकिस्तानमा लुकेर बसेको बताइन्छ ।

यसअघि गत डिसेम्बर महिनामा अल कायदाले जवाहिरीले सम्बोधन गरेको ३५ मिनेट लामो भिडियो जारी गरेको थियो । यद्यपि उक्त भिडियो कुन मितिमा खिचिएको भन्नेबारे अझै अन्यौल रहेको छ ।

प्रतिआतंकवाद विज्ञहरु भने जवाहिरीको स्थानमा हाल इजिप्टमा जन्मेका सैफ अल अदेलले अल कायदाको नेतृत्व गरिरहेको हुनसक्ने बताउँछन् ।

अल कायदामा संलग्न हुनुअघि इजिप्टेली सेनाको विशेष फौजमा काम गरेका सैफ अल आदेलबारे खासै धेरै सूचना बाहिर नआएकाले उनलाई रहस्यमयी छविका व्यक्तिका रुपमा लिइन्छ ।

उनीबारे सूचना दिने व्यक्तिलाई अमेरिकाले १ करोड डलरको इनाम घोषणा गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ९ : ५७ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको