कांग्रेस त्यागेका वाग्ले रास्वपाबाट उम्मेदवार | Khabarhub Khabarhub

कांग्रेस त्यागेका वाग्ले रास्वपाबाट उम्मेदवार


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनाव लड्ने भएका छन् ।

कांग्रेस पार्टी त्यागेकै दिन रास्वपाले उनको नाम तनहुँ १ बाट निर्वाचन लड्ने प्रारम्भिक उम्मेदवारको नामावलीमा राखेको हो।

कांग्रेसले उम्मेदवार नबनाएपछि उनी कांग्रेसबाट बाहिरिने निर्णयमा पुगेका हुन्। रास्वपामा उनी दोस्रो वरीयतामा वरिष्ठ उपसभापति बन्ने तयारी छ।

४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेसबाट टिकट पाउने चर्चामा रहेर अन्तिम अवस्थामा वाग्लेले टिकट पाएका थिएनन्। त्यसवेला उनको चितवन या गोरखाबाट निर्वाचन लड्ने इच्छा थियो। उम्मेदवारको टुंगो लाग्दा कांग्रेसले टिकट नदिएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले समेत उम्मेदवार बन्न आग्रह गरेका थिए।

ओलीले वाग्लेलाई काठमाडौं ७ मा निर्वाचन लड्न भनेका थिए। ओलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन आग्रहसहित विनासर्त सघाउने वचन दिएका थिए।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : १३ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून