कांग्रेस त्यागेका वाग्ले रास्वपाबाट उम्मेदवार « Khabarhub

कांग्रेस त्यागेका वाग्ले रास्वपाबाट उम्मेदवार


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनाव लड्ने भएका छन् ।

कांग्रेस पार्टी त्यागेकै दिन रास्वपाले उनको नाम तनहुँ १ बाट निर्वाचन लड्ने प्रारम्भिक उम्मेदवारको नामावलीमा राखेको हो।

कांग्रेसले उम्मेदवार नबनाएपछि उनी कांग्रेसबाट बाहिरिने निर्णयमा पुगेका हुन्। रास्वपामा उनी दोस्रो वरीयतामा वरिष्ठ उपसभापति बन्ने तयारी छ।

४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेसबाट टिकट पाउने चर्चामा रहेर अन्तिम अवस्थामा वाग्लेले टिकट पाएका थिएनन्। त्यसवेला उनको चितवन या गोरखाबाट निर्वाचन लड्ने इच्छा थियो। उम्मेदवारको टुंगो लाग्दा कांग्रेसले टिकट नदिएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले समेत उम्मेदवार बन्न आग्रह गरेका थिए।

ओलीले वाग्लेलाई काठमाडौं ७ मा निर्वाचन लड्न भनेका थिए। ओलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन आग्रहसहित विनासर्त सघाउने वचन दिएका थिए।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : १३ बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि