मिटरब्याज पीडित र सरकारी टोलीबीच आज दोस्रो चरणको वार्ता हुँदै | Khabarhub Khabarhub

मिटरब्याज पीडित र सरकारी टोलीबीच आज दोस्रो चरणको वार्ता हुँदै


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मिटरब्याज पीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता हुँदैछ।

हिजो साँझ ६ बजे बस्ने भनिएको दोस्रो चरणको वार्ता पीडित पक्षबाट नै आज बिहानलाई सारिएको हो।

गृह मन्त्रालयमा हिजो दिउँसो भएको पहिलो चरणको वार्तामा डा. भीष्म भुसालको नेतृत्वमा तयार पारिएको प्रतिवेदन अध्ययन गर्न पीडित पक्षलाई दिइएको थियो। प्रतिवेदनमा भएका कानुनी विषय बुझ्न कानुनविद्को परामर्श आवश्यक परेकाले वार्ता आजलाई सारिएको पीडित पक्षका वार्ता टोलीका सदस्य संघर्ष दाहालले बताए।

हिजोको बैठकमा सरकार र मिटरब्याज पीडितले आ-आफ्नो धारणा राखेका मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए। त्यसक्रममा संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाइएको थियो।

गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव शर्माको संयोजकत्वमा सरकारले वार्ता टोली गठन गरेको छ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : २१ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका