मिटरब्याज पीडित र सरकारी टोलीबीच आज दोस्रो चरणको वार्ता हुँदै « Khabarhub

मिटरब्याज पीडित र सरकारी टोलीबीच आज दोस्रो चरणको वार्ता हुँदै


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मिटरब्याज पीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता हुँदैछ।

हिजो साँझ ६ बजे बस्ने भनिएको दोस्रो चरणको वार्ता पीडित पक्षबाट नै आज बिहानलाई सारिएको हो।

गृह मन्त्रालयमा हिजो दिउँसो भएको पहिलो चरणको वार्तामा डा. भीष्म भुसालको नेतृत्वमा तयार पारिएको प्रतिवेदन अध्ययन गर्न पीडित पक्षलाई दिइएको थियो। प्रतिवेदनमा भएका कानुनी विषय बुझ्न कानुनविद्को परामर्श आवश्यक परेकाले वार्ता आजलाई सारिएको पीडित पक्षका वार्ता टोलीका सदस्य संघर्ष दाहालले बताए।

हिजोको बैठकमा सरकार र मिटरब्याज पीडितले आ-आफ्नो धारणा राखेका मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए। त्यसक्रममा संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाइएको थियो।

गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव शर्माको संयोजकत्वमा सरकारले वार्ता टोली गठन गरेको छ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : २१ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन