इलाम साहित्य महोत्सव चैत २६ र २७ गते हुने | Khabarhub Khabarhub

इलाम साहित्य महोत्सव चैत २६ र २७ गते हुने


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे — इलामको सदरमुकाममा आगामी चैत २६ र २७ गते इलाम साहित्य महोत्सव हुने भएको छ । ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारतका साहित्यकारको उपस्थिति रहने आयोजकले जनाएको छ ।

इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवमा साहित्य क्षेत्र, रङ्गकर्मीका साथै राजनीतिक क्षेत्रका व्यक्तित्व सहभागी हुनेछन् ।

कला र साहित्यसँगै पर्यटनलाई जोडेर महोत्सव आयोजना गर्न लागिएको साहित्य समाजका अध्यक्ष सुरेन्द्रकुमार राईले बताए । जिल्ला बाहिरबाट मात्रै एक सय ६० बढी साहित्यकारलाई निमन्त्रणा गरिएको उनले जानकारी दिए साहित्य रुचि भएका मानिसलाई सहभागिताका लागि अनुरोध गरिएको नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको भनाइ छ । उनका अनुसार, महोत्सवमा साहित्यकार, कुलपति भूपाल राई, यस क्षेत्रका सांसद तथा रङ्गकर्मीको उपस्थिति रहने छ ।

साहित्यप्रति युवाहरूको आकर्षण बढाउन साहित्य महोत्सवले मद्दत पुग्ने बताइएको छ । १८ लाख खर्च लाग्ने अनुमान गरिएको उक्त महोत्सवलाई नेपाल प्रज्ञा प्रतिष्ठानले समेत सहयोग गर्ने बताइएको छ ।

महोत्सवमा कवितामा स्थानीय चेत, कला र आदिवासी सौन्दर्य चेतना, महाभाराबाट टिस्टासम्म, कस्तो सिनेमा, सफल कि सार्थक, समावेशी लेखन, नेपालको पर्यटनमा पूर्वेली भाषा, साहित्य र सत्ता, मातृभाषा साहित्यमा शिल्प चेतनालगायत विषयमा छलफल र बहस हुनेछ ।

‘कोशी प्रदेश कहिले बन्छ, एक नम्बर प्रदेश ?’ शीर्षकमा पत्रकार वसन्त बस्नेतले गुरुराज घिमिरे, प्रदीप ज्ञवाली र घनश्याम भुसालसँग बहस गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १२ : ४६ बजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प

डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन

रिलायन्सको आइपीओ : कम्पनीको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं– पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश