दाइजो प्रथा र महिला हिंसाविरुद्ध सडक नाटक (फोटो फिचर)  « Khabarhub

दाइजो प्रथा र महिला हिंसाविरुद्ध सडक नाटक (फोटो फिचर) 


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सिराहा- मधेस प्रदेशमा दाइजो प्रथासँगै महिला हिंसाको घटनामा अझै कमी आएको छैन । बढ्दो दाइजो प्रथाका कारण महिला हिंसाका घटनाहरू दिनदिनै बढिरहेका छन् । केटी पक्षले भने जति दाइजो नदिएकै निहुँमा मधेशमा महिलाको हत्यासम्म हुने गरेको छ ।

 

बढ्दो दाइजो र महिला हिंसा न्यूनीकरणको लागि जनचेतना फैलाउने उद्देश्यसहित दलित महिला केन्द्र, नेपाल (सीडीडव्लूएन)ले मधेश प्रदेशको सिराहा, बारा र पर्साका १० पालिकाहरूमा ‘लैङ्गिक हिंसा’सम्बन्धी सडक नाटक प्रदर्शन गरेको  छ।

नेपाली समाजमा गहिरो गरी गढेर रहेको छोराप्रतिको आशक्तिलाई नाटकले छर्लङ्ङ देखाएको छ। ‘छोरा नपाएकै कारण बुबाआमा, समाज, पारिवारिकबाट मानसिक हिंसा खेप्न बुहारीहरू बाध्य छन्, जसलाई नाटकमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ।

भने जति दहेज नल्याउने र छोरी मात्र पाउने बुहारीको हविगत कस्तो हुन्छ भन्ने नाटकले देखाइएको छ।  त्यस्ता श्रीमतीले दिनहुँ मानसिक तथा शारीरिक हिंसा व्यहाेर्नु पर्ने देखि हत्यासम्म हुने गरेको मधेशको तितो सत्य हो। जसलाई नाटकले प्रस्ट पारेको छ।

विशेष गरी मधेसी समाजमा भने जति दाइजो नल्याउँदा एउटा बुहारी, श्रीमतीले भोग्नु पर्ने प्रताडनलाई महत्त्वका साथ नाटकले दर्साएको छ । सामाजिक कुसंस्कारको रूपमा रहेको दाइजा प्रथा, छोरी जन्माएको कारण महिलाले भोग्नुपर्ने हिंसालाई नाटकले दर्साएको छ।

समाजमा कुरीतिको रूप लिँदै गरेको दाइजा प्रथा, कहाली लाग्दो अवस्थामा फैलिँदै गरेको महिला हिंसा र मानवीय कलङ्कको रूपमा रहेको छुवाछुत प्रथाविरुद्ध सचेतना फैलाउने उद्देश्यले मधेसका जिल्लाहरूमा नाटक मञ्चन गरिएको संस्थाका संयोजक संचिता महर्जनको भनाई छ।

आनन्द पाख्रिनको लेखन तथा निर्देशनमा प्रदर्शित नाटकको मुख्य भूमिकामा सिराहाका चर्चित कलाकार मुकेश यादव ‘नेपाल’, कल्पना पासवान, ज्ञानु श्रेष्ठ, सुनिल लामा, टुना आले मगर, विजय साहसहित दर्जन बढी कलाकारको सहभागिता छ।

नाटक सिराहाको धनगढीमाई, गोलबजार, कर्जन्हा नगरपालिका, र नरहा गाउँपालिकामा प्रर्दशन गरिएको छ। त्यसै गरी, बाराको निजगढ, कोलहवी नगरपालिका र करैयामनी गाउँपालिकामा र पर्साको पटेर्वा सुगौली, ठोरी र सखुवा प्रसौनी गाउँपालिकामा प्रदर्शन गरिएको आयोजकले बताएको छ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १ : २४ बजे

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा