माल्टा पठाउने भन्दै लाखौँ ठगी | Khabarhub Khabarhub

माल्टा पठाउने भन्दै लाखौँ ठगी


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ- माल्टा पठाउने नाममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार बाङमाका दीपेश राई एजेन्टबाट ठगिएका छन् ।

माल्टा पठाउने नाममा जुम्लाको हिमा गाउँपालिका–५ कालिकाखेतु, कमालीका धमेन्द्र शाहीले दुई लाख लिएर ठगी गरेका हुन् । माल्टा पठाउने भन्दै दुई लाख लिएका शाहीले नौ महिना बित्दासमेत विदेश नपठाएको आफन्त यानकुमार राईले बताए ।

माल्टा पठाउने भनेपछि दीपेशकी आमा प्रमिला राईले २०७९ असार १३ गते शाहीको नाममा दुई लाख १० हजार जम्मा गरिदिएकी थिइन् । विदेश पठाउन नसकेपछि पैसा फिर्ता माग्दा शाहीले पटक–पटक भाका राख्दै ढाँट्ने गरेका छन् ।

भनेको समयभित्र माल्टा पठाउन नसकेपछि पैसा फिर्ता माग्दा शाहीले मंसिरमा निकाल्न मिल्ने गरी २०७९ साउन २४ गते माछापुच्छ्रे बैंकको दुई लाखको चेक दिएका थिए तर झिक्न जाँदा खातामा कहिल्यै पैसा नभएको पीडित परिवारले बताएका छन् ।

फोन गर्दा भाका राखेकोराख्यै गर्ने वा फोन नउठाउने गरेको राईले बताए । ‘न विदेश पठायो, न पैसा फिर्ता दियो,’ राईले भने, ‘पैसा झिक्न बैंकमा जाउ भन्छ, गएर चेक गर्दा खातामा पैसा हुन्न । फोन गर्दा भाका राखेको राख्यै गर्छ । कति ढाँटे ढाँटे भनिसाध्य छैन ।’ पैसा फिर्ताका लागि कानुनी प्रक्रिया अपनाउने तयारी गरिएको पीडित परिवारले बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  २ : ११ बजे

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा