सरकार विस्तारपछि इतिहासमा गौरव गर्न सकिने काम गर्छु : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

सरकार विस्तारपछि इतिहासमा गौरव गर्न सकिने काम गर्छु : प्रधानमन्त्री प्रचण्ड


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका पक्षमा सरकारले कामको सुरुआत गरिसकेको र त्यसलाई अब थप गति दिने विश्वास दिलाएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘आज मन्त्रिपरिषद् बिस्तार भएपछि सरकारका कामले गति लिन्छ । यस पटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दै छु । केही ठूला आयोजना र राष्ट्रले गौरव गर्ने निर्णय गर्नेछु ।’

सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारी अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीलाई आग्रह गरे । जनतालाई सुशासनको अनुभूति दिलाउने काम कर्मचारीको भएकाले त्यसलाई इमानदार भएर कर्तव्य पथमा अगाडि बढ्नसमेत आग्रह गरे ।

कर्मचारीको ट्रेड युनियन चाहिन्छ कि चाहिँदैन भन्ने बहस भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतको अनुभव र राजनीतिक परिवर्तनमा कर्मचारीले खेलेको भूमिकालाई आत्मसात् गर्दै त्यसलाई कायम राखेर जानुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । कर्मचारीतन्त्रमा रहेको बेथिति र अराजकता अन्त्य गर्दै जनतालाई गुणस्तरीय सेवा दिनसमेत उनले आग्रह गरे ।

उनले सहमति नभए निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्न आग्रह गरे । उनले भने, ‘समझदारीका साथ नीति, योजना र कार्यक्रम पारित गर्नुस् र नेतृत्व चयन गर्नुस् भन्ने मेरो आग्रह छ । नेतृत्वमा टिको लगाउने प्रथाले फाइदा गरेको छैन । स्वस्थ प्रतिस्पर्धा गर्दा केही फरक पर्दैन । लोकतान्त्रिक प्रक्रियाबाट नै नेतृत्व चयन गर्दा राम्रो हुने देखियो ।’

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ठूलो प्रयास र मेहनत गरेर, सरोकारवाला पक्षको धारणालाई समेत समेटेर सङ्घीय निजामती विधेयकलाई अन्तिम रूप दिइएको जानकारी दिए । उनले तयार भएको विधेयकलाई सहमतिका लागि अर्थ र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पठाइएको बताए ।

उनले आफू सामान्य प्रशासनमन्त्री भएर आएपछि कोही कसैलाई पनि काखा र पाखा नगरेको, बरण्डामा भएका कर्मचारीको व्यवस्थापन गरिएको उल्लेख गरे । तल्ला तहका कर्मचारीले ट्रेड युनियन गतिविधि गर्न पाए पनि उपसचिव र सहसचिवले भने राजनीति गर्न नमिल्ने उनको भनाइ छ ।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले जनताका पक्षमा इमानदार भएर काम गर्न कर्मचारी प्रशासनलाई आग्रह गरीन् । उनले कर्मचारीले प्रभावकारी काम गर्दा सरकारको समेत साख रहने भन्दै पार्टी सधैँ कर्मचारीका पक्षमा रहेको बताइन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ३ : १८ बजे

केएमसी गएकी मनिताको एभरेष्ट अस्पतालमा प्राणान्त !

काठमाडौं– केही दिन पहिले सांसद सुनील शर्माले उपभोक्ता अदालतको आलोचना

बडीमालिकाको पुन: निर्माण, बन्यो पुरातात्त्विक कलासहितको मन्दिर 

धनगढी– भूस्वर्ग बडीमालिका मन्दिरको पुननिर्माण गरिएको छ । सुदूरको स्वर्गकै उपमा

हिमताल विस्फोटबाटै रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मंगलबार

चिमखोला-राहुघाट प्रसारण लाइनको परीक्षण थालियो

म्याग्दी– म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा

बायोपिक ‘क्याप्टेन साब’मा क्याप्टेन रामेश्वर थापाको भूमिकामा खगेन्द्र, नायिका सुरक्षा

काठमाडौं – क्याप्टेन रामेश्वर थापा बायोपिक ‘क्याप्टेन साब’ बन्ने भएका