राजस्व सङ्कलन लक्ष्यभन्दा ३१ करोड रुपैयाँ कम « Khabarhub

राजस्व सङ्कलन लक्ष्यभन्दा ३१ करोड रुपैयाँ कम


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको नौ महिनामा चार अर्ब चार करोड ३८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व सङ्कलन लक्ष्य चार अर्ब ३५ करोड नौ लाख ४० रुपैयाँ रहेकामा सो कार्यालयले उक्त अवधिमा चार अर्ब चार करोड ३८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको जनाइएको छ । लक्ष्यको तुलनामा झन्डै ३१ करोड रुपैयाँ कम राजस्व सङ्कलन भएको हो ।

कार्यालयका सूचना अधिकारी अवधेशकुमार यादवका अनुसार कार्यालयले सो अवधिमा आयकर वापत ५८ करोड ५९ लाख २१ हजार रुपैयाँ, घरबहाल कर वापत एक करोड दुई लाख ८४ हजार रुपैयाँ, ब्याज कर वापत चार करोड ७३ लाख नौ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर वापत ६० करोड १६ लाख १३ हजार रुपैयाँ, स्वास्थ्य कर वापत ४२ करोड १३ लाख ५२ हजार रुपैयाँ तथा शिक्षाकर वापत चार हजार रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिएको छ ।

बजार व्यवसायमा आएको कमी, उद्योगहरूको उत्पादन, बिक्री घट्नु र विकास निर्माणका कमीले लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको जनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ४ : ३६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक